किन दिए केजरीवालले राजीनामा?

  • 15 फेब्रुअरी 2014
उनको कार्यकालमा भएका ठूला घटनाहरु कार्यलयमा नभइ सार्वजनिक स्थलहरुमा भएका थिए

लोकपाल बिधेयक पारित नभएको कारण देखाउँदै शुक्रवार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिएको राजीनामाले भारतमा तरंग ल्याइदिएको छ।

कसैले यसलाई स्वभाभिक भनेका छन्, भने कसैले रणनैतिक रुपमा अघि अझ बढ्न चालिएको कदम।

बसन्त ऋतुमा हुने आमचुनावमा उनको दल आम आदमी पार्टीले दुई तिहाई निर्वाचन क्षेत्रहरुमा उम्मेदवारी दिने तयारी गरेको बेला केजरीवालको राजीनामा आएको हो।

मुख्यमन्त्री केजरीवालको राजीनामा नआएको भए आश्चर्य हुन सक्थ्यो।

६ हप्ता अघि उनले पदभार ग्रहण गरेयताका पछिल्लो लोकपाल विधेयक सम्बन्धी विवाददेखी सबै गतिविधिले उनको राजीनामाको नै संकेत गरेको थिए।

निर्णायक घडी

केजरीवालको बृहत राष्ट्रिय आंकक्षामा अघि बढ्न दिल्लीको राजनीति प्रस्थानविन्दु मात्र देखिएको छ।

आगामी चुनावको लागी अब उनले देशव्यापी अभियान अघि बढाउन सक्नेछन्।

अहिलेसम्म उनी नेता कम, आन्दोलनकारी बढी जस्ता देखिन्छन्।

सरकारमा पुगेपछि दिल्लीमा शासन गर्नुभन्दा पनि उनको जोड भ्रष्टाचार नियन्त्रणमा थियो।

मानिसहरुले केजरीवाललाई आलिसान भवन, भत्ता र महंगा गाडी निरुत्साहित गर्ने नेताका रुपमा सम्झिनेछन्।

उनको ४९ दिनको कार्यकालमा जती ठूला घटनाहरु भए त्यो उनको कार्यालयबाहिरै भएका थिए।

सर्वसाधारणको गुनासो सुन्न सार्वजनिक छलफलहरु आयोजना गरीएका थिए जुन अत्यन्तै धेरै मानिसहरु सहभागी भएपछि रोकिएको थियो।

आलोचकहरुले त्यसलाई भद्रगोलको सज्ञाँ दिएका थिए।

तर टाउको बेर्ने गरी गलबन्दी र स्विटर लगाउने केजरीवालले सांकेतिक रुपमा जित नै हासिल गरेका थिए।

'पहुँच'

उनी आम मानिसहरुसँग पहुँच भएका जनताका नेता जस्ता देखिए।

त्यसयता धेरैले त्यसलाई नक्कल गरेका छन्, जसको उदाहरण भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले आयोजना गरेको चियापान र रेलवेका भरीयाहरुसँग कंग्रेसका राहुल गान्धीको उपस्थीतिलाई लिन सकिन्छ।

दिल्लीको केन्द्रमा केजरीवाल धर्नामा बसेपछि उनको व्यापक आलोचना भएको थियो।

बाहिरबाट हेर्दा त्यो शहरको प्रहरीमाथी नियन्त्रण जमाउने प्रयास थियो जसलाई कुनै हालतमा भारतको केन्द्रीय सरकारले मान्नेवाला थिएन्।

केजरीवालले दिल्ली ठप्प पारेपछी पुरतानवादीहरु आक्रोशित भएका थिए।

उनीहरुको भनाई थियो, “मुख्य मन्त्री रहेको व्यक्तीले कसरीले यस्तो गर्नसक्छ?”

त्यसमा उनको जवाफ थियो, “म अराजकतावादी हुँ।”

लगत्तै दुई दिनपछी आन्दोलन फिर्ता लिदाँ उनी आफ्नो लक्ष्यभन्दा निक्कै टाढा थिए।

तर उनले सांकेतिक रुपमा फेरी आफूलाई ठूला र खराव सभ्रान्तवर्ग विरुद्ध उभिएका मानिसको रुपमा आफूलाई उभ्याइसकेका थिए।

आफ्नो राजीनामा भन्दा केहि दिन अघी उनले सभ्रान्त वर्गमाथी आक्रमण गर्ने क्रममा सरकार र भारतका सर्वाधिक धनि व्यक्ती मुकेश अम्बानी विच ग्यासको विक्रीमा लुट मच्चाउने साझेदारी रहेको आरोप लगाएका थिए।

प्रश्न

आफूलाई अराजक बताउने केजरीवालले के दील्लीमा जस्तै गरी राष्ट्रीय राजनीतिमा पनि तरंग ल्याउन सक्छन् त ?

भारतले यसअघि पनि जयप्रकाश नारायानन् जस्ता नयाँ क्रान्तिकारी नेता पाएको थियो।

उनको शान्तिपुर्ण पुर्ण क्रान्तीको अवधारणाले इन्दिरा गान्धीको संकटकालीन शासनबाट आक्रान्त भारतमा नयाँ उर्जा ल्याएको थियो र गान्धीलाई सत्ताबाट बाहिर पुर्याएको थियो।

तर त्यसपछि त्यो आन्दोलन सेलाएर गयो र कंग्रेस फेरी शक्तीमा उदायो।

यस पटक भने भारतको अर्को संस्थापन तर्फको दल भारतीय जनता पार्टीले आगामी चुनावमा राम्रो परिणाम ल्याउने अपेक्षा गरिएको छ।

र केजरीवालमाथी उनी साच्चीकै को हुन् र के का पक्षमा छन् लगायत धेरै प्रश्नहरु तेर्सिएका छन्।

राजनीतीज्ञहरु प्रति अती निरास रहेका भारतीयहरुले उनीहरुलाई अझै एउटा मैका दिन सक्छन्।

बीबीसीका नयाँ दिल्लीस्थीत सम्वाददाता एन्ड्रु नर्थको विश्लेषणमा अहिलेसम्म हेर्दा सबैभन्दा कम समय दिल्लीको बागडोर सम्हालेका मुख्यमन्त्रीको पछिल्लो कदम उनको सुरुवात मात्र हो।