स्वीस निर्णयले इयु असन्तुष्ट

पछिल्लोपल्ट अपडेट गरिएको: 10.02.14, 10:13 NST सम्मका समाचार
eu

स्वीस सोसलिस्ट पार्टीले आप्रवासन नीति कडा तुल्याउने विषयको विरोध गरेको छ

स्वीजटरल्याण्डमा जनमतसंग्रहमा युरोपेली संघ इयुका आप्रवासीको निर्वाध आवातजावत अन्त्य गर्ने पक्षमा मतदान भएपछि इयुले उक्त मुलुकसंगको सम्बन्धमा पुनर्विचार गर्ने बताएको छ।

असर

इयुका आप्रवासीहरुको निर्वाध आवातजावत अन्त्य गर्ने पक्षले झीनो मतले जनमत संग्रहमा जितेको थियो।

यो अप्रत्याशित नतिजापछि स्वीट्जल्याण्ड यो बिहान जाग्दै गर्दा इयुसंग उसको नयां सम्बन्ध हुनेछ।

इयुको सदस्य नरहेपनि स्वीट्जरल्याण्डले इयु नीतिको ठूलो हिस्सा अवलम्बन गरेको छ।

स्वीट्जरल्याण्डको झण्डै एक चौथाइ जनसंख्या अहिले विदेशी कामदारहरुको छ र सहज आवागमनका पक्षधरहरु पछिल्लो निर्णयपछि स्वीट्जरल्याण्डको अर्थतन्त्रमा नकरात्मक असर पार्ने ठान्छन्।

असन्तुष्टि

"स्वीट्जरल्याण्ड र इयुका कामदारहरुबीचको निर्वाध आवतजावतको विषय जटील मुद्दा हो।स्वीट्जरल्याण्डमा २३ प्रतिशत कामदार युरोपेली मुलुकका छन्।यदि यिनीहरुले छाडे भने वा उनीहरु काम गर्न अप्ठ्यारो भयो भने व्यवसाय तथा विश्व अर्थतन्त्रमा कस्तो नकरात्मक असर पार्छ?"

ओलिभर बेइली, इयुका एक जना प्रवक्ता

इयुले पनि त्यसप्रति ध्यानाकर्षण गराउंदै आफ्नो असन्तुष्टि व्यक्त गरेको छ।

आफ्नो निर्यातको आधा हिस्सा स्वीट्जरल्याण्डले युरोपेली बजारमै बेच्ने गर्छ।

पछिल्लो निर्णयसंगै सम्बन्धमा चीसोपन आउने त देखिन्छ नै साथै उक्त व्यापारको भविष्य पनि अन्योलपूर्ण देखिन्छ।

इयुका एक जना प्रवक्ता ओलिभर बेइली भन्छन्, "स्वीट्जरल्याण्ड र इयुका कामदारहरुबीचको निर्वाध आवतजावतको विषय जटील मुद्दा हो।स्वीट्जरल्याण्डमा २३ प्रतिशत कामदार युरोपेली मुलुकका छन्।यदि यिनीहरुले छाडे भने वा उनीहरु काम गर्न अप्ठ्यारो भयो भने व्यवसाय तथा विश्व अर्थतन्त्रमा कस्तो नकरात्मक असर पार्छ?"

यसै मेसोमा स्वीस विदेशमन्त्रीले युरोपेली देशहरुको भ्रमण गरी मतदानबारे प्रष्ट्याउने र समाधान खोज्ने बताइएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।