‘थाइल्याण्डमा आम हडतालको आह्वान’

पछिल्लोपल्ट अपडेट गरिएको: 01.12.13, 18:51 NST सम्मका समाचार

बैंककमा हालै भएका प्रदर्शनहरुमा कम्तीमा ५४ जना घाइते भएका छन्

थाइल्यान्डमा सरकार विरोधी प्रदर्शनका नेताले सोमवारदेखि आम हडतालका लागि आह्वान गरेका छन्।

राजधानी बैंककमा भिडन्तहरु जारी रहँदा भूतपूर्व उप-प्रधानमन्त्री सुथेप थाउगसुवानले प्राय सबै थाइ टेलिभिजनमा प्रसारित सन्देशमा उक्त आह्वान गरेका हुन्।

प्रधानमन्त्री यिनलक शिनावात्रालाई पदच्युत गर्ने उद्देश्यले आइतवार आठौं दिन पनि विरोध प्रदर्शन भएको थियो।

यस क्रममा चार जनाको ज्यान गएको छ र कम्तीमा ५४ जना घाइते भएका छन्।

राजधानी बैंककमा करिब ३० हजार प्रदर्शनकारीहरुले सरकारी कार्यालयहरुमा धावा बोल्न खोज्दा सुरक्षाकर्मीहरुले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेका थिए।

'विजय दिवस'

विरोधीहरुले आजको दिनलाई जन विद्रोहको विजय दिवस घोषणा गरेका थिए।

उनीहरुको भनाईमा सुश्री यिनलकको प्रशासन निर्वासमा रहेका उनका दाजु भुतपूर्व नेता थाक्सिन शिनावात्राको नियन्त्रणमा छ।

उनीहरु यो प्रशासनको स्थानमा जन परिषद स्थापना गर्न चाहन्छन्।

प्रदर्शनकारीहरु सरकारी भवन,टेलिभिजन स्टेशन र प्रहरी मुख्यालय गरी करिब आठ स्थानमा भेला भएका थिए।

तर त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मीहरुको उपस्थिती थियो।

हिजोसम्म प्रदर्शन शान्तीपूर्ण नैं थियो र प्रधानमन्त्रीले सरकारले अति नैं कम बल प्रयोग गर्ने कुरा बताएकी थिइन्।

प्रधानमन्त्री यिनलकले ताजा निर्वाचनमा जाने अवस्था नरहेको बताएकी छिन्।

उनले वार्ताद्वारा समस्याको समाधानमा जोड दिएकी छिन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।