नेपालमा मह महोत्सव

5 अक्टोबर 2013 अन्तिम पटक अपडेट गरिएको समय 07:40 NST

नेपालमा पाइने विभिन्न प्रकारका महबारे जानकारी दिने तथा महको उत्पादन र विक्रि बढाउने उद्देश्यले काठमाण्डौंमा मह महोत्सव गरिएको छ
काठमाण्डौंमा भएको नेपालको पहिलो मह महोत्सवमा २० भन्दा बढी थरीका मह विक्रिमा राखिएको छ
चारदिने महोत्सव करीब ५० हजार ले अवलोकन गर्ने आयोजकको भनाई छ
नेपालमा मह किसानहरुले वार्षिक १६ सय टन मह उत्पादन गर्ने सरकारी आँकडा छ
उत्पादनको अधिकांश भाग स्वदेशमै खपत हुन्छ। उत्पादकहरुले निर्यात बढाउन सरकारी सहयोगको माग गरेका छन्
नेपालको मह उच्च गुणस्तरका हुने बताइन्छ। खासगरी उच्च भेगमा जडीबूटिको रस खाएर बनेका मह उच्चस्तरको हुने ठानिन्छ
मह किसानहरुले मह पालनका लागि आवश्यक उपकरणहरुको कमी भएको बताउँछन्
महको चाकाबाट मह निकाल्ने उपकरण
अनि अनुहार छोप्ने यस्ता नकाबले मौरीको टोकाईबाट किसानलाई बचाउँछ
रानी मौरीलाई घारबाट बाहिर जानबाट रोक्न मिल्ने यस्ता काठका सामाग्रीपनि विक्रिमा राखिएका छन्
मह उत्पादन गर्ने क्रममा चाकाबाट बनाइएका मैनवत्तीपनि प्रदर्शनमा राखिएका छन्