माओवादी महाधिवेशन माघ १४ गते

पछिल्लोपल्ट अपडेट गरिएको: 04.08.12, 20:45 NST सम्मका समाचार
माओवादी अध्यक्ष प्रचण्ड

बीस वर्ष भन्दा बढी समयदेखि माओवादी नेतृत्व प्रचण्डले सम्हाल्दै आएका छन्

एकीकृत माओवादीले आगामी माघ १४ महाधिवेशन गर्ने भएको छ।

बीस वर्षपछि आयोजना हुन लागेको महाधिवेशन काठमाण्डूमा गर्ने बताइएको छ।

केही समयअघि काठमाण्डूमा आयोजित माओवादी विस्तारित समितिको बैठकमा माघमा महाधिवेशन गर्ने घोषणा गरिएको थियो।

दुई हप्ताअघि पार्टीका सम्पूर्ण संयन्त्रहरु भंग गरी महाधिवेशन तयारी समितिमा परिवर्तित गरेको माओवादीले शनिबार पार्टी नेताहरुको जिम्मेवारी समेत हेरफेर गरेको छ।

तयारी

जिम्मेवारी हेरफेरका क्रममा पार्टी प्रवक्ता नियुक्त भएका माओवादी नेता अग्नी सापकोटाले आफूहरु महाधिवेशनमा हेलिएको बताएका छन्।

उनले भने,"माघ १४ गते काठमाण्डूमा महाधिवेशन गर्ने तय भएको छ, त्यसअघि क्षेत्र र जिल्ला अधिवेशनहरु हुँदै महाधिवेशनको तयारी गरिनेछ।"

२०४८ सालमा चितवनमा उनीहरुकै शब्दमा ‘एकताको महाधिवेशन’ मार्फत पुष्पकमल दाहाल महासचिव बनेका थिए।

जिम्मेवारी

त्यसको झण्डै १० वर्षपछि २०५७ सालमा भूमिगत कालमा भारतमा आयोजित दोश्रो राष्ट्रिय भेलाबाट अध्यक्ष ‘प्रचण्ड’ बनेको १० वर्ष भन्दा बढी भइसकेको छ।

शनिवारको बैठकले पार्टी केन्द्रको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ।

अग्नी सापकोटा, नवनियुक्त प्रवक्ता, एकीकृत माओवादी

"माघ १४ गते काठमाण्डूमा महाधिवेशन गर्ने तय भएको छ, त्यसअघि क्षेत्र र जिल्ला अधिवेशनहरु हुँदै महाधिवेशनको तयारी गरिनेछ"

सरकार र केन्द्र दुवै हेर्न प्रधानमन्त्री बाबुराम भट्टराई तथा अर्का उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ एवं सचिव तथा मन्त्री पोष्टबहादुर बोगटीलाई तोकिएको छ।

अर्थ विभाग हेर्दै आएका अमीक शेरचनलाई नै आर्थिक जिम्मेवारी दिइएको प्रवक्ता सापकोटाले बताए।

विभिन्न केन्द्रीय तहका नेताहरुलाई विभिन्न विभागीय प्रमुखहरु समेत तोकिएको छ।

BBC © 2013 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।