बीबीसी नेपाली सेवाको स्पष्टीकरण

पछिल्लोपल्ट अपडेट गरिएको: 20.02.12, 16:17 NST सम्मका समाचार

"बीबीसी नेपाली सेवा, बीबीसी विश्व सेवाको भाषा शाखा हो र यो बीबीसी विश्व सेवाको प्रसारणको अभिन्न अंग हो।"

बीबीसी

हालै केही पत्रपत्रिका, अनलाइन पोर्टल र फेसबुक पेजमा चर्चा पाएको ‘बीबीसीमा आर्थिक घोटाला’ सम्बन्धी समाचार बीबीसी मिडिया एक्शनको कामसंग सम्बन्धित छ बीबीसी नेपाली सेवासंग होइन।

मिडिया एक्शन

बीबीसी मिडिया एक्शन बीबीसीको अन्तर्राष्ट्रिय विकास सम्बन्धी परोपकारी संस्था हो र त्यो कानुनी, आर्थिक र व्यवस्थापनको दृष्टिले स्वतन्त्र छ।

चर्चामा आएका आरोपहरुबारे जानकारी हुने बित्तिकै मिडिया एक्शनले तत्कालै प्रतिक्रिया जनाएको छ तर त्यो विषय अहिले प्रहरीको मातहतमा रहेकाले उसले थप टिप्पणी गर्न सक्दैन।

बीबीसी नेपाली सेवा, बीबीसी विश्व सेवाको भाषा शाखा हो र यो बीबीसी विश्व सेवाको प्रसारणको अभिन्न अंग हो।

यसको संचालन बीबीसी विश्व सेवाका अन्य सेवाहरु जस्तै ब्रिटेनको विदेश तथा कमनवेल्थ मन्त्रालयबाट प्राप्त आर्थिक अनुदानबाट हुने गर्दछ।

BBC © 2012 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।