चतराधाममा कुम्भमेला

28 एप्रिल 2014 अन्तिम पटक अपडेट गरिएको समय 16:14 NST

वराह क्षेत्रका नामले प्रख्यात पुर्वी नेपालमा कोशीको संगमस्थल चतराधाममा कुम्भ मेलाको झलक
कुम्भमेलामा स्नान गर्न नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट श्रद्धालुहरुको ओइरो लागेको छ। सबै तस्वीरहरु: सिता मादेम्बा, बीबीसी, धरान।
कुम्भस्नान गर्दा पाइने फलको महिमा व्यापक भएको विश्वास गर्ने सबै उमेरका श्रद्धालुहरु मेलामा सहभागी भएका छन्।
कुम्भमेलाहरुमा साधु सन्त सन्यासीहरुको पनि ठूलै जमघट हुने गर्छ।
विशेष गरी भारतका विभिन्न नदी संगमहरुमा हुने गरेका कुम्भमेला स्नानको प्रचलन नेपालका पवित्र तिर्थस्थलमा पनि हुन थालेपछि श्रद्धालुहरुलाई धर्मकर्ममा सहभागी हुने अवसर मिलेको देखिन्छ।
पूर्वी नेपालको चतरास्थित बराह क्षेत्रमा आयोजीत कुम्भमेलामा सहभागी साधुहरुलाई सम्मानका साथ रथ, हात्ती आदिमा चढाएर स्वागत गर्ने चलन छ।
साधुहरु आआफ्नो रुची र व्यवस्था अनुसरका माध्यमबाट वराह क्षेत्रको कुम्भ मेलामा सहभागी हुन आएका छन्।
कुम्भ मेलामा सहभागी हुन आउने गण्यमाण्य अतिथिलाई बालकहरुले स्वस्ती पढेर स्वागत गरेका थिए।
कुम्भ मेलामा प्रथम स्थान गर्न नदीमा प्रवेश गर्ने अवसर विशेष आकर्षक रहने गर्छ।
पहिलो स्थान साधु सन्त महन्तहरुले गरेर कुम्भमेलाको आरम्भ हुने गर्दछ।
नेपालका साथै भारतका विशेष नाम कमाएका साधुसन्तहरु पनि यसपटकको वराह क्षेत्र कुम्भमेलामा सहभागी भएका आयोजकहरुले बताएका छन्।
कुम्भमेलाको अवसरमा चतराधामको रौनक नै बेग्लै बनेको छ