सन् २०१३: केहि प्रमुख विज्ञान समाचार

23 डिसेम्बर 2013 अन्तिम पटक अपडेट गरिएको समय 12:01 NST

सन् २०१३ मा भएका केहि मुख्य विज्ञान समाचार
फेब्रुअरी महिनामा रुसको आकासमाथि जलेर नष्ट भएको एस्टेरोइडबाट उत्पन्न ध्वनीको तरंग यति शक्तिशाली थियो क‌ि त्यसले दुइ पटक पृथ्वीको परिक्रमा गर्न सकेको वैज्ञानिकहरुले जनाएका छन्। रुसको चेल्याबीन्सक नगरमाथिको वायुमण्डलमा अन्तरिक्षबाट खसेको दशहजार टन तौलको चट्टान जलेर नष्ट हुंदा एकहजार जना मानिसहरु घाइते भएका थिए।
मार्च महिनामा बैंककमा आयोजीत साइटिस सम्मेलनमा शार्क संरक्षण सम्बन्धि एउटा महत्वपूर्ण सहमतिलाई उल्टाउन शार्क माछा मार्न पाइनु पर्छ भन्ने राष्ट्रहरु असफल भएका छन्।
साइन्स पत्रिकामा प्रकाशित एउटा अध्ययन अनुसार जापानका वैज्ञानिकहरुले मानिसहरुको सपना "पढ्न" एमआरआई स्क्यानको प्रयोग गरेका थिए।
मे महिनामा बीबीसी न्युजले, अमेरिकामा संसारमै पहिलो पल्ट थ्री डी प्रीन्ट गरिएको बन्दूकको सफल परिक्षण गरिएको समाचार प्रकाशित गरेको थियो। टेक्सस राज्यको अस्टीन नजीकैको फायरिंग रेञ्जमा एउटा विवादास्पद समूहले त्यस्तो परिक्षण गरेको थियो। पछि अमेरिकी सरकारले उक्त हतियारको ब्लु प्रीन्ट वेबसाइटबाट हटाउन माग गरेको थियो।
आइबीएमका अनुसन्धानकर्ताहरुले तामाको सतहमा एउटा एउटा एटमहरुको प्रयोग गरेर संसारको सबैभन्दा सानो चलचित्र बनाएका थिए। उक्त स्टप मोशन एनिमेशन भिडियोमा दर्जानौं कार्वन मोनोअक्साइडका अणुहरुको प्रयोग भएको थियो।
जुलाइ महिनामा अमेरिकी अनतरिक्ष निकाय नासाले कासीनी अन्तरिक्ष वाहनले लिएको शनिग्रहको नयां दर्शनीय तस्वीर सार्वजनिक गर्यो।
अगस्ट महिनामा, संसारमा सबैभन्दा पहिलोपल्ट प्रयोगशालामा उमारिएको बगरलाई वैज्ञानिकहरुले एउटा पत्रकार सम्मलेनमा पकाएर खाएर देखाएका थिए। वैज्ञानिकहरुले गाइबाट लिइएका कोषहरुलाई नेदरल्याण्डसको एउटा प्रयोगशालामा मासुको तहमा परिणत गरेका थिए र त्यसरी निर्मित तन्तुहरुलाई मिलाएर बर्गरको प्याट्टी तयार पारिएको थियो।
यो बर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार प्राध्यापक पीटर हिग्स (देब्रे) ले स्टकहोममा आयोजीत एक समारोहमा ग्रहण गरेका थिए। एडिनबरा विश्वविद्यालयका ति एमेरिटस् प्राध्यापकले उक्त पुरस्कार हिग्स बोसन को सिद्धान्तमा काम गरेबापत अर्का वैज्ञानिक फ्रान्स्वा एंगलर्टसंग संयुक्त रुपमा प्राप्त गरेका थिए।
यो बर्षको अन्त्य हुन लाग्दा, चीनले "जेड रयाबीट" नामको रोबोटीक वाहनलाई चन्द्रमामा अवतरण गराएको छ।
जीवावशेषबाट डिएनए  निकालींदै
म्याक्स प्ल्यांक इन्सटीच्युट, जर्मनीका अनुसान्धानकर्ताहरुले चारलाख बर्ष पुरानो मानव हड्डीको अवशेषमा डिएनए फेला पार्न सफल भएका थिए। स्पेनको एउटा प्रख्यात पूरातात्वीक क्षेत्रमा अन्य २८ जना प्रागऐतिहासिक मानवका अवशेषहरु पनि पाइएको थियो।