तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सगरमाथामा स्काइडाईभ गर्ने अपाङगता भएका पहिलो मानिस

29 अक्टोबर 2013 अन्तिम पटक अपडेट गरिएको समय 22:05 NST

मल्टिपल स्क्लीरोसिसबाट पिडीत एक जना फ्रेन्च सगरमाथामा स्काइडाईभ गर्ने अपाङगता भएका पहिलो मानिस बनेका छन्। ५५ बर्षिय मार्क कोपले आफू थकित भए पनि यो सफलताबाट अति नैं प्रसन्न भएको उल्लेख गरेका छन्। कोप स्नायु प्रणालीसित सम्बन्धित रोग मल्टिपल स्क्लीरोसिसबाट पिडीत भएको एक दशक भन्दा बढी भैसक्यो। उनले हिमालबाट दस हजार मिटरमाथि रहेको हेलिकप्टरबाट स्काइडाईभ गरेका थिए। साथमा उनका स्काइडाईभर साथी मारियो गेर्भासी पनि थिए। कोपले आफ्नो यो सफलताबाट यो रोगबाट पिडीत अरुहरुलाई पनि प्रेरणा मिल्ने आशा ब्यक्त गरे।