कतारमा नेपाली श्रम

पछिल्लोपल्ट अपडेट गरिएको: 13.05.13, 18:43 NST सम्मका समाचार

खाडी मुलुक कतारमा नेपालीहरुको दिनचर्या

  • कतारको एबल मार्टमा सामान बेचेर पैसा लिदैं नेपाली युवती
    कतारको एबल मार्टमा सामान बेचेर पैसा लिदैं नेपाली युवती । अलखसरात रोडमा रहेको यो मार्टमा सबै कामदार नेपाली छन् ।(सबै तस्वीर सौजन्य: साझा सवाल टोली)
  • कतारको बैकरोडमा रहेको गेट।
    कतारको बैकरोडमा रहेको गेट। तरवार आकारको गेट भएकाले नेपालीहरूले यसलाई तरवार गेट नाम दिएका छन्। हरेक शुक्रबार कतारका यस्ता पार्कहरुमा नेपाली नेपाली श्रमिक मजदूरहरू भेला हुन्छन्।
  • तरवार गेटमा 'कान्तिपुर' को कतार संस्करण किन्दै र बेच्दै नेपाली।
    खै खै के छ नेपालको समाचार ! तरवार गेटमा 'कान्तिपुर' को कतार संस्करण किन्दै र बेच्दै नेपाली।
  • सेराटन पार्क प्रोजेक्टमा कार्यरत नेपाली मजदूर रुखको छहारीमा सुस्ताउँदै।
    सेराटन पार्क प्रोजेक्टमा कार्यरत नेपाली मजदूर रुखको छहारीमा सुस्ताउँदै।
  • कतारमा आफ्नै साडी पसल चलाइरहेका सुरज परियार।
    कतारमा आफ्नै साडी पसल चलाइरहेका सुरज परियार। उनी विगत १५ बर्षदेखि कतारमा छन्।
  • कतारमा नेपाली मःमको स्वाद।
    कतारमा नेपाली मःमको स्वाद। दोहाको एभरेस्ट मःम पसलमा यसै गरी नेपाली र विदेशीहरू मःमलगायतमा नेपाली स्वादका लागि आउँछन्।
  • नेपाली दालभात पाइने हिमालयन रेस्टुरेन्ट।
    नेपाली दालभात पाइने हिमालयन रेस्टुरेन्ट।
  • मरूभूमिको माझमा रहेको यो मजरामा करीव एक सय नेपाली काम गर्छन्।
    कतारको राजधानी दोहा शहरभन्दा ४० किमी बाहिर अल्जुबारामा रहेको खेतीपाती गर्ने थलो 'मजरा'। मरूभूमिको माझमा रहेको यो मजरामा करीव एक सय नेपाली काम गर्छन्।
  • मरूभूमिको माझबाटै फोनमा शहरका लागि तरकारीको अर्डर लिदैं नेपाली किसान।
    कति चाहियो तरकारी? मरूभूमिको माझबाटै फोनमा शहरका लागि तरकारीको अर्डर लिदैं नेपाली किसान। उनी ७ बर्षदेखि त्यही मरूभूमिमा तरकारी खेती गरिरहेका उनी महिनाको ५० हजार बचाउने बताउँछन्।
  • मजरामा सुपको साग टिप्दै नेपाली किसान।
    मजरामा सुपको साग टिप्दै नेपाली किसान। शहरभन्दा टाढा मरूभूमिमा काम गर्ने धेरै नेपालीहरूको दैनिकी यसै गरि वित्छ।
  • कला प्रदर्शनीमा नेपालीले नेपालमा लगाउने चप्पलदेखि कतार र अरू देशमा लगाइने जुत्ताचप्पल
    नेपाल कतार सम्वन्धका डोवहरूः भर्जिनिया कमनवेल्थ युनिभर्सिटीले आयोजना गरेको कला प्रदर्शनीमा नेपालीले नेपालमा लगाउने चप्पलदेखि कतार र अरू देशमा लगाइने जुत्ताचप्पल थिए।
  • 'मजरा' मा गधा जोत्दै नेपालीहरू।
    'मजरा' मा गधा जोत्दै नेपालीहरू। शहरबाट भागेर धेरै नेपाली कामदारहरु यस्ता ठाउँमा लुकेर काम गर्ने गर्छन्।
  •  यसरी मरूभूमि हरियाली पार्दैछन् नेपालीहरू।
    गधा जोत्न सजिलो छैन। यसरी मरूभूमि हरियाली पार्दैछन् नेपालीहरू।
  • गर्मी हुँदा पनि नेपालीहरू उँट चलाउन र स्याहारसुसार गर्न अभ्यस्त भइसकेका छन्।
    म उँटको ड्राइभरः ५५ डिग्री सेल्सियससम्म गर्मी हुँदा पनि नेपालीहरू उँट चलाउन र स्याहारसुसार गर्न अभ्यस्त भइसकेका छन्।

Multimedia

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।