ओस्कर २०१३: समारोह र विजेताहरु

पछिल्लोपल्ट अपडेट गरिएको: 25.02.13, 17:23 NST सम्मका समाचार

ओस्कर २०१३: समारोह र विजेताहरु

  • बेन एफ्लेक, जोर्ज क्लुनी, ग्र्यान्ट हेस्लोभ र अन्य आर्गो फिल्मकर्मीहरु
    कलाकार, प्रोड्युशर र निर्देशक बेन एफ्लेकले इरानमा आधारित उनको थ्रिलर फिल्म आर्गोका लागि पुरस्कार समारोहको मुख्य पुरस्कार स्वीकार गरे।
  • जेनीफर लरेन्स, Getty Images
    अभिनेत्री जेनीफर लरेन्स सिल्भर लाइनिंग्स प्लेबूक नामको चलचित्रमा आफनो मुख्य नायिकाको भूमिकाका लागि ओस्कर लिन मञ्चमा जान लाग्दा लुगामा अल्झीएकी थिइन्।
  • मेरिल स्ट्रीप र ड्यानियल डे-लुईस
    ड्यानियल डे-लुईसलाई सर्वोत्कृष्ट अभिनेताको पुरस्कार अभिनेत्री मेरिल स्ट्रीपले प्रदान गरेकी थिइन्। सर्वोत्कृष्ट अभिनेताको पुरस्कार तीन पटक जित्ने उनी इतिहासमा पहिलो कलाकार बन्न पुगेका छन्।
  • गायिका एडेल
    स्काइफल फिल्मका लागि मौलिक गीतको ओस्कार स्वीकार गर्दा गायिका एडेलले आफ्नो “मान्छे” लाई धन्यवाद दिइन् र प्रेमी साइमन कोनेच्कीलाई “आइ लभ यू” पनि भनिन्।
  • एन् ह्याथवे Getty Images
    अभिनेत्री एन् ह्याथवेले उत्कृष्ट सहअभिनेत्री विधामा अर्की कलाकार एमी एडम्सलाई जिते पनि उनीसंगै पुरस्कारको खुशी बांडेकी थिइन्। ति ३० बर्षिया अभिनेत्रीले ल मिजरब्ला फिल्मका लागि पुरस्कार पाएकी हुन्।
  • ड्यानियल डे-लुईस, जेनिफर लरेन्स, एन् ह्याथवे, क्रिस्टोफ वाल्ट्ज
    मुख्य अभिनय विधाका विजेताहरु बायांबाट क्रमश: ड्यानियल डे-लुईस, जेनिफर लरेन्स, एन् ह्याथवे, क्रिस्टोफ वाल्ट्ज।
  • आंग ली Getty Images
    आंग ली ले लाइफ अफ पाइ चलचित्रका लागि सर्वोत्कृष्ट निर्देशकका रुपमा दोस्रो ओस्कर जितेका छन्। पछिल्लो पटक उनले सन् २००५ मा ब्रोकब्याक माउन्टेनका लागि त्यस्तो पुरस्कार जितेका थिए।
  • सेथ मक्फरलेन
    पुरस्कार घोषणा समारोहका प्रस्तोता सेथ मक्फरलेन पनि मौलिक गीतको विधामा मनोनयनमा परेका थिए तर उनले एडेलका सामु हार बेहोर्नु पर्यो।
  • कलाकार क्रिस्टोफ वाल्ट्ज Getty Images
    कलाकार क्रिस्टोफ वाल्ट्जले सर्वोत्कृष्ट सहायक अभिनेताको पुरस्कार ग्रहण गर्दै ज्यांगो अनचेन्ड फिल्मका आफ्ना सहकर्मीहरुलाई धन्यवाद दिएका थिए।

Multimedia

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।