'डेटिंग'को बदलिंदो स्वरुप

पछिल्लोपल्ट अपडेट गरिएको: 20.02.13, 12:42 NST सम्मका समाचार

जीवनसाथी वा प्रेमीको खोजी गर्ने क्रममा विभिन्न समयमा उपलब्ध प्रविधि र उपायहरुको प्रयोग कसरी भएको थियो र भविष्यमा जीवनसाथीको खोजीको स्वरुप कस्तो होला भन्ने बारे बीबीसीले तयार पारेको एउटा समयक्रम।

  • छापा
  • अनलाइन
  • टीभी
  • मोबाइल

डेटिंग समयक्रम

  • १६९५

    पहिलो पटक जीवन साथीको खोजी

    जीवन साथीको खोजी गरिएको पहिलो विज्ञापन सन् १६९५को जुलाई १९ तारिखमा एउटा संग्रहमा प्रकाशित भएको थियो; त्यसमा एकजना “भद्र ‌पुरुष” ले आफुसंग मेल खाने “असल, भद्र युवती” को खोजी गरिरहेको उल्लेख गरिएको थियो।

  • १८७०-७५

    वैवाहिक विज्ञापन

    द म्याट्रिमोनियल न्युज' नै एक्ला व्यक्तीहरुमा समर्पित पहिलो अखवार थियो। लगत्तै वैवाहिक विज्ञापनहरुले भरीएका थुप्रै पत्रिकाहरुको प्रकाशन शुरु भयो। सन् १९०० सम्ममा जीवनसाथीको खोजी गरिरहेकाहरुका लागि २० वटा अखबारहरु प्रकाशनमा आइसकेका थिए।

  • १९१५

    एक्लो सिपाही

    २०औं शताव्दीमा जीवन साथीको खोजी गर्नेबारेको विज्ञापनको लहर नै आयो; डेली एक्स्प्रेसले “युद्ध मैदानमा रहेको एक्लो पुरुष” बारे लेख प्रकाशित गरेपछि पहिलो विश्वयुद्धमा लडिरहेको एक सिपाहीले महिला कलममित्रहरुबाट दुई दिनमा ४७० वटा पत्र पाए।

  • १९४४

    १९४०ताकाको विवाह व्युरो

    सन् १९४०तिर स्थापित यस जोडी मिलाइदिने व्युरोले पुरुष तथा महिलाहरुलाई आफ्ना व्यक्तीगत जानकारी र आफुले खोजेको जीवन साथीमा हुनु पर्ने गुणहरुबारे खुलाउदै गोप्य फारमहरु भर्न लगाएको थियो। त्यसपछि सो व्युरोले जोडीहरुलाई मिलाउदै भेटाउन थालेको थियो।

  • १९५१

    जीवन साथी खोज्नेहरुका हत्यारा

    मार्था बेक र रेमन्ड फर्नान्डेजले अखबारहरुका जीवन साथी खोज्दै विज्ञापन गर्ने विधवाहरुलाई निशाना बनाएका थिए; फर्नान्डेजले महिलाहरुलाई फकाउँदै तीनका बहुमूल्य सामान चोर्दथे भने बेक चाँही उस्की दिदीको रुपमा प्रस्तुत हुन्थिन्। तीनजनाको हत्याको अभियोगमा दोषि पाइएका दुबैलाई सन् १९५१मा मृत्युदण्ड दिइएको थियो। दुबैलाई पोस्टरमा राख्दै द हनीमुन किलर्स नामक एउटा चलचित्र पनि बनाएको छ।

  • १९५९

    कम्प्युटरको सहायतामा जोडी

    संयुक्त राज्य अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका गणितका विद्यार्थीहरुले आफुहरुको पढाइको अन्तिम प्रोजेक्टमा सुखी परिवारसम्वन्धी सेवाहरु सूचिकृत गरेर आइबीएम कम्प्युटरमा राखेका थिए। कम्प्युटरमा जोडी खोज्ने प्रश्नावली भरेका ४९ पुरुष र ४९ महिलाहरुको जोडी बनाउन खोजिएको थियो। त्यसबाट एउटा जोडीको विवाह हुनसक्यो।

  • १९६५

    एउटा पुरानो आइबीएम कम्प्युटर र त्यसको सन्चालक

    डेटिङ गेम' नामक पहिलो कार्यक्रम शुरु हुने वित्तिकै संसारभरी नै त्यस्को लहर चल्यो र छोटो समयमा नै १८ देशमा त्यस्ता कार्यक्रमहरु भए। डेटिङ गेम शुरु भएको ४५ वर्षप‌छि त्यसको एउटा भर्सन मार्च २०११ मा फेसबुक, ट्वीटर र अन्य सामाजिक संजालहरुमा शुरू गरिएको थियो।

  • १९६५

    अपरेसन म्याच

    सन् १९६५मा हावार्ड विश्वविद्यालयका दुई विद्यार्थीले कम्प्युटरको पन्चकार्ड मार्फत खेलिने अपरेसन म्याच नाम दिइएको विद्यार्थीहरुको जोडी मिलाउने एक खेल शुरु गरे। विद्यार्थीहरुले मिल्दाजुल्दा कम्तीमा पाँच उम्मेदवारको नाम थाहा पाउन तीन डलर (लगभग रु २५५) तिर्ने गर्थे।

  • १९८०को दशक

    च्याटरुमको शुरूवात

    इन्टरनेटको विस्तार हुनुअघि विकास भएका बुलेटिन बोर्ड सिस्टमहरुमार्फत अनलाइन संचारको शुरुवात भयो। व्यक्तिहरुबीच प्रत्यक्ष भेट नभइकनै मानिसहरुबीच संचार सम्पर्क हुनथाल्यो र साइवरस्पेसका च्याटरुमहरुमा मानिसहरुबीच प्रेम सम्वन्धहरु गाँसिन थाले।

  • १९८५-२००३

    ब्रिटेनको ब्लाइन्ड् डेट

    एउटा टेलिभिजन कार्यक्रममार्फत कहिले नभेटेका जोडीहरुलाई भेटाउने कार्यक्रम सन् १९८०को दशकमा ब्रिटेनमा धेरै प्रसिद्ध भयो। एक समयमा त्यो कार्यक्रम एक करोड असी लाख दर्शकले हेरेका थिए। एक पुरुष वा महिलाले पर्दापछाडी रहेका मानिसहरुलाई तीनवटा प्रश्न सोध्थे र सबै भन्दा राम्रो उत्तर दिनेलाई छानेर भेट्‍न पाउंथे। सन् १९८८मा सोही कार्यक्रम मार्फत भेटेको एक जोडी अझै पनि संगै छन्। सो कार्यक्रमकी संचालिका सीला ब्लाकले ब्रिटेनमा धेरै ख्याती कमाइन्।

  • १९९५

    प्रेमका लागि अनलाइन सुपरमार्केट

    इन्टरनेटमा म्याच डट कम खुलेपछि त्यस्ले प्रयोगकर्ताहरुलाई आफ्नो प्रोफाइल बनाउने सुविधा दियो र प्रोफाइलहरु हेरेर जोडी मिलाउन सजिलो बनाइदियो। त्यसपछिका वर्षहरुमा खुलेका धेरै यस्तै वेभसाइटहरुले जीवन साथीको खोजी गरिरहेका धेरै व्यक्तीहरुलाई आफ्ना प्रोफाइल खोल्ने आफुबारे विज्ञापन गर्ने र आफुले चाहेको जस्तो साथी खोज्ने सुविधा दिए। सन् २००१मा यस्का प्रयोगकर्ताहरुको संख्या २० लाख पुग्यो।

  • १९९८

    इमेलमार्फत प्रेम

    यु हाभ गट मेल' नामक एक चलचित्रले दुईजना ब्यापारी प्रतिश्पर्धीहरु (टम ह्यङ्कस र मेग रायन) एक अर्कालाई चिन्दै नचिनी अज्ञातरुपमा इमेलमार्फत प्रेम सम्वन्धमा परेको कथा प्रस्तुत गर्‍यो। केही मनोवैज्ञानिकहरुको भनाइमा सो चलचित्रले अनलाइन डेटिङबारेका समाजमा ब्याप्त भ्रमहरुलाई निवारण गर्न मद्दत गर्‍यो।

  • २०००

    विज्ञानमा आधारित जोडी

    इहार्मोनी डट कम खुलेपछि दोस्रो पुस्ताको अनलाइन डेटिङको प्रचलन शुरु भएको कतिपय वैज्ञानिकहरुको भनाइ छ। इहार्मोनीले ‘साइन्स्’ अर्थात विज्ञानमा आधारित जोडि मिलाउने व्यवस्था गरेको दाबी गर्‍यो। यसलाई ‘एल्गोरिथम’मा आधारित जोडी मिलाउने व्यवस्था पनि भनियो।

  • २०००को दशक

    पार्कमा जोडी मिलाउने प्रचलन

    चीनियाँ बाबुआमाहरुले पार्कका रेलिङहरुमा आफ्ना छोराछोरीको तर्फबाट विज्ञापनहरु राखेर उनीहरु किन विवाहको लागि लायक छन् भनेर सबैलाई देखाउन थाले। ती विज्ञापनहरु हेरेर अरु आमाबाबुहरुले आफ्ना छोराछोरीको लागि जोडी हेर्न खाज्दथे।

  • २००१

    टेम्टेसन आइल्याण्ड

    टेम्टेसन आइल्याण्ड' नाम दिइएको एउटा अमेरिकी रियलिटी टिभी कार्यक्रममा जोडीहरु आफ्नो सम्वन्ध कति बलियो छ भनेर जाँच्न एक्ला व्यक्तीहरुको समुहसंगै टापुहरुमा बस्न राजि हुन्थे। त्यस कार्यक्रमलाई फिलिपिन्स्, रुश र अर्जेन्टिना लगायतका देशहरुमा प्रशारण गरियो।

  • २००३

    अनलाइन डेटिङको ब्यापार

    सन् २००३मा चीनमा खुलेको जियायुअन डट कम अहिलेको सबै भन्दा ठुलो अनलाइन डेटिङ साइट भएको छ। कमस्कोर नामक एक इन्टरनेट इन्टेलिजेन्स कम्पनीका अनुसार यो साइटमा हरेक महिना ९० लाख नयाँ प्रयोगकर्ताहरु दर्ता हुन्छन्।

  • २००६

    अहिले भेट्ने हो?

    बाडु' भनिने स्थानमा आधारित एप्लिकेसनमार्फत चिन्दै नचिनेका व्यक्तीहरुलाई स्मार्टफोनका एप्लिकेसनको सहायताले तुरुन्तै भेट्न संभव हुन थाल्यो। बाडुको भनाइमा अहिले १८० देशहरुमा उस्का एक करोड सत्तरी लाख भन्दा बढी प्रयोगकर्ताहरु छन्।

  • २००९

    ग्राइन्डिंग

    समलिङ्गीहरुलाई भेट्न सजिलो बनाउने एप्लिकेसन ग्राइन्डर सन् २००९मा खुलेको थियो। स्थानमा आधारित यो एप्लिकेशनले निश्चित क्षेत्रभित्र रहेका समलिङ्गी पुरुषहरुलाई एक अर्कोसंग भेट्न सहयोग गर्दछ। सन् २०१२मा १९२ देशमा आफ्ना ११ लाख दैनिक प्रयोगकर्ताहरु रहेको ग्राइन्डरको भनाइ छ।

  • २०१०

    तिमी त्यो व्यक्ती हौ भने

    फेइ चेङ वु रावो भनिने चीनको एउटा डेटिङ गेम कार्यक्रम सन् २०१०को जनवरीमा शुरु भयो। त्यसमा एक जना पुरुषले उज्यालो बत्तीको प्रकाश सहित मंचमा उभिएका २४ जना महिलालाई आफ्नो परिचय दिन्थ्यो। त्यो पुरुषलाई मन पराउनेहरुले आफ‍ूमाथिको प्रकाश उज्यालै राख्थे भने मन नपाउनेहरुले निभाउँथे। सबै बत्ती निभेमा त्यो पुरुषले हार्दथ्यो। त्यो कार्यक्रम अष्ट्रेलियाको डेटिङ कार्यक्रम 'टेकन आउट' र ब्रिटेनको 'टेक मि आउट' संग मिल्दोजुल्दो थियो।

  • २०१२

    करोडपतिको विलवोर्ड विज्ञापन

    क्यालिफोर्नियाका करोडपति मार्क पास्किनको क्रिसमसको चाहाना साधारण थियो। उनलाई एउटी ल्याटीन समुदायकी प्रेमिका चाहिएको थियो। उनले जीवन साथीको खोजीबारेको विज्ञापनलाई एक कदम अघि बढाएर स्यान डिएगो मोटरवेमा सबैले देख्ने ठुलो विलवोर्डमार्फत विज्ञापन गरिदिए। उनले १५,००० जनाको जवाफ पाए।

  • २०१३

    अनलाइन डेटिङको विस्तार

    अनलाइन डेटिङलाई सहज बनाउन अहिले संसारमा १,००० भन्दा बढी वेभसाइटहरु खुलिसकेका छन्। इन्टरनेट इन्टेलिजेन्स कम्पनी कमस्कोरका अनुसार, मध्यपुर्व र अफ्रिकामा इन्साल्लाह डट कम; भारतमा शादी डट कम; ब्रिटेनमा प्लेन्टीअफफिस र ल्याटिन अमेरिकामा ओसिस डेटिङ नेटवर्क धेरै चलेका छन्। विश्वभर इन्टरनेटका प्रयोगकर्ताहरु मध्ये १०% ले अनलाइन डेटिङ साइटहरुमा जाने गरेका छन्।

सन् २०१३ पछि

  • एली फिन्केल

    मनोविज्ञानका प्राध्यापक, नर्थवेस्टर्न विश्वविद्यालय

    अनलाइन कम्पनिहरूले आजभोली 'स्टर' नामका कार्यक्रमहरू आयोजना गर्न थालेका छन् जसमा मानिसहरू आमनेसामने भेटघाट गर्दछन्। त्यसरी भेटघाट गर्नु कुनै 'कम्प्युटर प्रोगराम' मार्फत भेटघाट गर्नुभन्दा राम्रो हुन्छ।

  • डन शेफर्ड, पिएचडी

    साहायक प्राध्यापक, अंग्रेजी विभाग, बोइज स्टेट विश्वविद्यालय

    मानिसहरू डेटिंगमा गएसम्म जुन माध्यम अपनाए पनि हुन्छ। अनलाइन किनमेल गरेजस्तै हो। डेटिंगमा जान इच्छुक व्यक्तिहरुको सूची एकदम ठूलो छ। डेटिंगको स्वरूप नै परिवर्तन भैसक्यो।

  • डाक्टर एन्डर्स स्यानबर्ग

    दर्शनशास्त्र विभाग, अक्सफर्ड विश्वविद्यालय

    अबको ५० वर्षमा अन्तरकृयाहरू अझ विकशित सामाजिक संजालमा निर्भर रहने छ, हामी एकअर्कासंग सम्पर्कमा रहन प्रविधिलाई प्रयोग गर्नेछौं। त्यसैले, हामीसंग घरको भन्दा पनि सम्पर्कमा रहने व्यक्तिको सामाजिक संजालको सांचो साथमा हुनेछ।



BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।