कुम्भ मेलाका तस्वीरहरु

पछिल्लोपल्ट अपडेट गरिएको: 11.02.13, 17:53 NST सम्मका समाचार

महाकुंभ मेलामा करोडौद्वारा स्नान

  • गंगा नदीमा स्नान गरिरहेका भक्तजनहरु
    भारतको इलाहाबाद शहरमा महाकुंभ मेलाका अवसरमा मौनी अमावश्याका दिन करोडौं हिन्दुहरुले गंगा नदीमा स्नान गरेका छन्।
  • विगतमा फोहर संकलन गर्ने महिलाहरु  गंगा स्नान गर्दै
    विभिन्न जाति र सम्प्रदायका तीर्थयात्रीहरु पवित्र स्नानका लागि गंगा नदीमा आउंछन्। विगतमा फोहर संकलन गर्ने यी महिलाहरु पनि एउटा गैरसरकारी संस्थाको सहयोगबाट यहां आएका हुन्।
  • डुंगामा चढेका तीर्थयात्रीहरु
    धेरैजसो तीर्थयात्रीहरु नदीको किनारमा नुहाउंछन् भने केही डुंगा चढेर गंगा, यमुना तथा पौराणिक सरस्वती नदीको संगममा नुहाउन जान्छन्।
  • सुकाउन राखिएका कपडाहरु
    गंगा स्नानबाट विगतका पापहरु पखालिने विश्वास बोकेका तीर्थयात्रीहरुले स्नान गरीसकेपछि नदी किनारमा कपडा सुकाउंछन्।
  • गंगा नदीको किनारमा हिंडीरहेका साधुहरु
    ५५ दिन लामो धार्मिक पर्वका अवसरमा धर्म गुरु तथा साधुहरु नदी किनारमा रहेका तिनका अस्थायी शिविरबाट प्रत्येक दिन गंगा नदीमा नुहाउन जान्छन्।
  • नागा साधुहरु नदीमा स्नान गर्दै
    नागा बाबा भनिने नांगा साधुहरुले आफ्नो जीवन इश्वरप्रति समर्पित गरेको बताउंछन्। उनीहरु गंगा स्नानबाट संसारसंगको उनीहरुको संबन्ध टुटने विश्वास गर्दछन्।
  • केही साधहरुका तस्वीरहरु
    महाकुम्भ मेलाका अवसरमा पुराना साधुहरु गंगा स्नानकालागि आउंछन् भने नयां शिष्यहरु पनि बनाइन्छ। कपाल जगल्टिएका र शरीरमा खरानी घसेका नागा साधुहरुलाई हिन्दुहरु निकै आदर गर्दछन्।
  • अस्थायी शिविरहरु
    गंगा नदीको मैदानमा बनाइएका अस्थायी शिविरहरुमा बसोबास गर्ने तथा गंगा स्नानकालागि आएका समेत दश करोड भन्दा बढी मानिसहरु यो पर्वमा सहभागी हुने अपेक्षा गरिएको छ।
  • अस्थायी शिविर नजीकै खोलिएका पसलहरु
    अस्थायी शिविरहरु राखिएका क्षेत्रमा खोलिएका सैयौं पसलहरुमा कपडा, गलैंचा देखि जुत्ता, चप्पल र खाद्यान्नहरु पनि बिक्री गरिन्छ। यसबाट स्थानीय अर्थतन्त्रमा ठूलो सहयोग पुग्दछ।
  • आफ्ना नातेदार पर्खीरहेका मानिसहरु
    यति ठूलो भीडभाडमा हजारौं मानिसहरु हराउंछन्। स्वयंसेवकहरुले हराएका मानिसहरुबारे सूचना दिने शिविरहरुबाट ती मानिसहरुलाई तिनका नातेदार तथा मित्रहरुसंग पुनर्मिलन गराईदिन प्रयास गर्दछन्।
  • विदेशी भक्तजनहरु
    कैयौं विदेशीहरु पनि साधुमहात्मासंग आशीर्वाद माग्न यहां आउंछन्। त्यस्तै योग गुरुहरुले खडा गरेका शिविरहरुमा स्वदेशी तथा विदेशी साधकहरुको भीड लाग्ने गर्दछ।
  • खानेकुरा
    धार्मिक पर्व भएपनि सबैले खानै प-यो। कतिपय भक्तजनहरुले साधु, महात्मा तथा सर्वसाधारणलाई सामूहिक भोजन पनि गराउंछन्।

Multimedia

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।