बीबीसी विश्व सेवाको इतिहास

पछिल्लोपल्ट अपडेट गरिएको: 19.02.12, 17:40 NST सम्मका समाचार

बीबीसी विश्व सेवाको असी बर्ष

  • लण्डनस्थित बुश हाउसको प्रवेशद्वार

    लण्डनस्थित बुशहाउसमा सत्तरी बर्षभन्दा बढी समयदेखि रहेको बीबीसी विश्व सेवाको मुख्यालय लण्डनमै अर्को नयां स्थान ब्रोडकास्टिंग हाउसमा सर्दैछ।

  • बीबीसीको पहिलो प्रसारण

    बीबीसी विश्व सेवाको आरम्भ बीबीसी एम्पाएर सर्भिसका नाममा सन् १९३२ को डिसेम्बर महिनामा भएको थियो।

  • बीबीसी विश्व सेवा

    सन् १९३९ को नोभेम्बरमा एम्पाएर सर्भिसको नाउं फेरिएर समुद्रपार सेवा, ओभरसिज सर्भिस भएको थियो।

  • बीबीसी कर्मचारीहरु सन् १९४१ तिर

    विस्तारै बीबीसीको पहुंच र प्रसारण फैलिंदै जांदा सन् १९४१ मा बीबीसीमा १४ सयजना भन्दा बढी कर्मचारीहरु थिए।

  • सीडी एडमस

    दोस्रो विश्वयुद्ध ताका बीबीसीका युद्ध सम्बाददाताहरुले लडाईंका मोर्चाहरुबाट डिस्कमा आफ्नो विवरणहरु रेकर्ड गरेर प्रसारणका लागि लण्डन पठाउने गर्दथे। तस्वीरमा सम्बाददाता सीडी एडमसन।

  • जोर्ज ओरवेल

    सन् १९४१ देखि १९४३ सम्म प्रसिद्ध लेखक जोर्ज ओरवेलले बीबीसीको पूर्वी भाषा सेवामा काम गरेका थिए।

  • फोकल्याण्डस्  विवाद

    सन् १९८२ मा अर्जेटिनाले फोकल्याण्डस् टापुमा आक्रमण गर्दा बीबीसीको साप्ताहिक कार्यक्रमले त्यहांका बासिन्दाहरुलाई उपयोगी सूचना प्रसार गर्ने कार्य गरेको थियो।

  • बर्लीन पर्खाल

    कुनै समय विभिन्न ६८ वटा भाषामा प्रसार हुने बीबीसी विश्व सेवा बर्लिन पर्खाल ढलेपछिको बदलिंदो राजनीतिक परिस्थितीमा युरोपेली भाषा सेवाहरुमा गरिएको कटौतीपछि, र पछिल्लो पटक कम बजेट रकमका कारण हाल विभिन्न २८ वटा भाषामा रेडियो, टिभी र अनलाईन सेवामा सिमित छ।

  • एलन जोन्स्टन

    बीबीसीका गाजा सम्बाददाता एलन जोन्स्टन सन् २००७ मा अपहरणमा परेर ११४ दिन पछि मुक्त भएको अवस्थाले संसारका केहि भागमा पत्रकारीता कति खतरनाक पेशा हो भन्ने देखाएको छ।

  •  आउंग सान सु ची

    बर्माकी प्रजातन्त्रवादी नेतृ आउंग सान सु चीले सन् २०१० मा गृह नजरबन्दबाट मुक्त भएपछि आफूले बन्दी अवस्थामा बीबीसी विश्व सेवा सुन्ने गरेको बताएकी थिइन्।

  •  ब्रोडकास्टींग हाउस

    ७१ बर्षपछि बीबीसी विश्व सेवा फेरि बीबीसीको रेडियो प्रसारण मुख्यालय ब्रोडकास्टींग हाउसमा सर्दैछ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।