| गोपनियता सम्बन्धि नीति | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
तपाईंले बीबीसीको वेबसाइटको प्रयोग गर्नु हुँदा हामी तपाईसंग केही व्यक्तिगत जानकारी माग्न सक्छौं। त्यस्ता जानकारीहरुका बारेमा हाम्रो नीति कस्तो छ त? जानकारीका निम्ति कृपया यो पाना पढ्नु होला। १) उद्देश्य बीबीसीको वेब साइट प्रयोग गर्नुहुँदा कुनै कुनै बेला हामी तपाईँको व्यक्तिगत जानकारी माग्न सक्छौं। त्यस्ता जानकारीमा तपाईँको नाम, ठेगाना, ईमेल आदि पर्दछन्। विशेषगरी बीबीसीका ईमेल न्यूजलेटरहरु प्राप्त गर्न खोज्दा वा प्रतियोगिताहरुमा भाग लिन खोज्दा त्यस्ता जानकारीहरु दिन आवश्यक पर्दछन्। २) वेब साइट प्रयोगकर्ताहरु बारे जानकारी तपाईंले बीबीसीका कुनै पनि वेब साइट हेर्नुहुँदा, तपाईंले हेर्ने पेजहरुसंगै कुकी ( cookie) हरु पनि तपाईंको कम्प्युटरमा डाउनलोड हुन्छन्। (कुकीका बारेमा जान्नका लागि बुंदा तीन पनि हेर्नुहोला) । प्राय: सबै वेबसाइटहरुले यस्तो कुकी पठाउने गर्छन्। यस्को उद्देश्य वेबसाइट प्रयोगकर्ता पहिले पनि त्यो वेबसाइटमा आएका थिए कि थिएनन् भन्ने थाहा पाउनु हो। र तपाईं दोस्रो वा अर्को पल्ट त्यही वेबसाइटमा जानु हुंदा त्यसको कुकीले तपाईंलाई याद राख्छ र तपाईंले प्रयोग गर्नु भएका वेबपेज पनि सम्झन्छ। रेड शेरिफ (Red Sheriff) एउटा स्वतन्त्र अनुसन्धान संस्था हो। जस्ले कुकी र कोडको मद्दतले हाम्रा निम्ति हाम्रो वेब साइट प्रयोगकर्ताहरुको रुची जस्ता गैर नीजी जानकारीहरु भेला पार्ने गर्छ। यसरी प्राप्त जानकारी र तथ्यांकबाट वेबसाइट प्रयोगकर्ताले कुन पेजमा कति समय बिताए , के पढ्न रुचाए , उक्त पेजमा कसरी पुगे र कुन स्क्रीन वा अपरेटिंग सिस्टम प्रयोग गर्दछन् भन्ने जस्ता कुराहरु थाहा पाउन सकिन्छ। यस्ता जानकारी बीबीसीले आफ्नो सेवा र सुविधाहरु अझ राम्रो पार्न प्रयोग गर्छ। रेड शेरिफको बारेमा थप जानकारी र उस्को गोपनियता नीति उस्को वेब साइट www.redsheriff.com/6.0.0.htm मा उपलब्ध छ। ३) कुकी (Cookie) के हो? जब तपाईं कुनै वेब साइटमा जानुहुन्छ तपाईंको कम्प्युटरमा स्वत: एउटा कुकी प्रवेश गर्छ। कुकी भनेको एक प्रकारको टेक्स्ट फाइल हो जस्ले तपाईंको कम्प्युटरलाई हाम्रो सर्भरसंग पहिचान गराउंछ। कुकीले व्यक्तिगत प्रयोगकर्ताको पहिचान गर्दैन बरु प्रयोग भएको कम्प्युटरलाई मात्र चिन्दछ। थुप्रै वेबसाइटहरुले कति जना प्रयोगकर्ताहरुले आफ्नो सेवा प्रयोग गरे भन्ने थाहा पाउन कुकीको प्रयोग गर्दछन्। ४) तपाईँको ब्यक्तिगत जानकारीको प्रयोग तपाईँले बीबीसीका प्रतियोगीताहरुमा सहभागी हुँदा, वेब साइटको सदस्य बन्दा वा अन्य कुनै कारणले आफ्नो ब्यक्तिगत जानकारीहरु जब हामीलाई दिनुहुन्छ त्यस्ता जानकारीहरुको उचित उपयोग गर्नु हाम्रो कानूनी दायित्व हुन जान्छ। त्यस्ता जानकारीहरु उचित तरीकाले हासिल गरिनु पर्ने हुन्छ (तपाईँले कुनै वेब साइटहरुमा आवश्यक जानकारीहरु के का निम्ति मागीएको हो भन्ने स्पष्ट पारीएको याद गर्नु भएको नै होला), तपाईँका जानकारीको प्रयोग कसरी गरिन्छ भनेर तपाईँलाई बताइनु पर्छ र यदि हामीले तपाईँको विवरण अरु कसैलाई प्रदान गर्ने निर्णय गर्यौं भने त्यसका बारेमा तपाईँलाई अग्रीम जानकारी दिइनु पर्छ। हामी तपाईँका ब्यक्तिगत विवरण आवश्यक परेको समयसम्म मात्रै हाम्रो सिस्टममा संचय गरेर राख्छौं। र हामी सबै प्राप्त ब्यक्तिगत जानकारीहरुलाई संयुक्त अधिराज्यको सूचना सुरक्षा सम्बन्धि कानुन डेटा प्रोटेक्शन एक्ट १९९८ अनुसार सुरक्षित राख्दछौं। ५) आफ्नो ब्यक्तिगत विवरणमा तपाईँको पहुँच बीबीसीसँग रहेको तपाईँको आफ्नो ब्यक्तिगत विवरण प्राप्त गर्न पाउने र त्यसमा आवश्यक सुधार या संशोधन गराउने अधिकार तपाईँसंग छ।( त्यस्तो सुविधाका निम्ति दश पाउण्ड शुल्क लाग्छ)। यदि तपाईँलाई त्यस्तो जानकारी चाहियो भने कृपया, Data Protection Officer लाई सम्पर्क गर्नुहोला। ईमेल ठेगाना हो, dpa.officer@bbc.co.uk । ६) सेवाहरुको प्रत्यक्ष प्रचार तथा सर्वेक्षण बीबीसी विश्व सेवाले प्रदान गर्ने सुविधाहरुमा विस्तार हुँदै जाँदा तपाईँले पाउँदै आउनु भएका सेवाहरुमा सुधार गर्ने अवसरहरु पनि आउने छन्। हामीले तपाईँलाई बीबीसी वा हाम्रा एजेन्टहरुले गर्ने सर्वेक्षणहरुमा सहभागी हुन आह्वान पनि गर्नेछौं, जस्बाट तपाईँले हाल पाइरहनु भएको सेवाहरुका बारेमा अनुसन्धान गर्न हामीलाई सजिलो हुन्छ। तपाईँले दिनु भएको जानकारीहरुको बीबीसीले अभिलेख राख्नेछ। तर तपाईँले बीबीसीलाई दिनु भएका त्यस्ता जानकारीहरु बीबीसी भित्र मात्रै प्रयोग हुनेछन्। तिनलाई कानुनी रुपले बाध्यात्मक स्थितिमा बाहेक तपाईँको स्वीकृती विना कुनै तेस्रो पक्षलाई उपलब्ध गराइने छैन। ७) १८ बर्ष भन्दा कम उमेरका प्रयोगकर्ता यदि तपाईँ १८ बर्ष भन्दा कम उमेरको हुनुहुन्छ भने बीबीसी विश्व सेवाका वेब साइटहरुमा आफ्नो ब्यक्तिगत विवरणहरु दिनु भन्दा पहिले कृपया आफ्नो अभिभावकको अनुमति लिनुहोला। यस्तो अनुमति नलिएका प्रयोगकर्ताहरुले हामीलाई आफ्नो ब्यक्तिगत जानकारी प्रदान गर्न पाउनु हुने छैन। ८) कुकी खोज्ने र त्यसलाई नियन्त्रण गर्ने तरीका यदि तपाईँ Netscape 6.0 प्रयोग गर्नुहुन्छ भने आफ्नो Task Bar मा, यदि तपाईँ Internet Explorer 5.0 वा 5.5 प्रयोग गर्नुहुन्छ भने, यदि तपाईँ Internet Explorer 4.0 प्रयोग गर्नुहुन्छ भने, पहिले यदि तपाईँ Netscape Communicator 4.0 प्रयोग गर्नुहुन्छ भने Task Barमा
यदि तपाईँ Netscape 6.0 प्रयोग गर्नुहुन्छ भने आफ्नो Task Bar मा, यदि तपाईँ Internet Explorer 5.0 प्रयोग गर्नुहुन्छ भने, यदि तपाईँ Internet Explorer 4.0 प्रयोग गर्नुहुन्छ भने पहिले Task Bar मा यदि Netscape Communicator 4.0 प्रयोग गर्नुहुन्छ भने, १०) कुकी कोड कसरी खोज्ने? कुकीमा क्लिक गर्नुहोस्। तपाईँले अक्षर र अंकहरुको लहर देख्नुहुनेछ। ती अंकहरु तपाईँको identification card हुन् जस्लाई उक्त कुकी जारी गर्ने सर्भरले मात्र देख्न सक्छ। |
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||