http://www.nepali.com

13 अप्रिल, 2007 15:32 GMT सम्मका समाचारहरु

BBCNepali.com अब RSS News Feeds मा पनि

बीबीसी विश्व सेवाले अब BBCNepali.com (बीबीसी नेपाली डट कम) सहित कयौं भाषा सेवाहरुका लागि RSS News Feeds उपलब्ध गराएको छ।

RSS News Feeds भनेको के हो?

RSS News Feeds तपाईंका लागि बीबीसी नेपाली डट कमबाट आफुलाई मन पर्ने समाचार तथा सूचनाहरुबाट स्वत: आफुलाई अद्यावधिक राखीराख्‍ने सजिला उपाय हो।

बीबीसी नेपाली डट कममा विशेष महत्वका समाचार तथा फिचरहरु नियमितरुपमा अद्यावधिक भै रहने हुनाले RSS News Feeds पनि तपाईंको RSS News Reader मार्फत अद्यावधिक भै रहनेछन्।

तपाईंको RSS News Reader मा तपाईंले सार संक्षेपका साथ पछिल्ला समाचार शीर्षकहरु र पूर्ण समाचारमा जान मिल्ने लिङ्क पनि पाउनु हुनेछ।

थप सूचना र मदतका लागि क्लिक गर्नुहोस्।

बीबीसी नेपाली डट कमका तल दिइएका विकल्पहरुमध्येबाट तपाईंले चाहेको RSS News Feeds छान्न् सक्नुहुन्छ:

यदि तपाईंले RSS News Feeds button मा क्लिक गर्नु भयो भने तपाईंले एउटा .rdf file डाउनलोड गर्नुपर्नेछ।




के मैले BBCNepali.com बाट RSS News Feeds प्राप्त गर्न सक्छु ?

तपाईंले RSS News Reader भन्ने एउटा कार्यक्रम मार्फत तपाईंको कम्प्युटरमा आफुले छानेका वेबसाइटहरु बाट RSS समाचार र सूचना प्राप्त गर्न सक्नुहुन्छ।

तल दिइएका विभिन्न विकल्पहरुमध्ये कुनै एक तरिकाले तपाईंले यो RSS feed subscribe गर्न सक्नुहुनेछ।

पुनश्च:

RSS News Reader का नयां पाठकहरुले तपाईंलाई तपाईंले यो पृष्ठ हेर्दाहेर्दै BBC RSS News Feeds subscribe गर्नसक्ने तथ्यप्रति सचेत गराउने छन्।


मैले RSS News Reader कसरी पाउन सक्छु?

भिन्न, भिन्न खाले RSS News Reader हरु उपलब्ध छन्।

तपाईंले वेबमा search गरेर तिनका विवरण पाउन सक्नुहुन्छ।

सामान्यतया तिनलाई नि:शुल्क download गर्न सकिन्छ।

भिन्न भिन्न खाले RSS News Reader हरु छुट्टा छुट्टै operating system मा कृयाशील हुन्छन्।

त्यसैले छनोट गर्दा तपाईंले यो कुरालाई ख्याल गर्नुपर्दछ।

केही RSS News Reader हरुले केही भाषालाई प्रदर्शन गर्न सक्दैनन् भन्ने कुरालाई ध्यानमा राख्‍नु पनि महत्वपूर्ण हुनेछ।


BBCNepali.com का RSS feeds को तपाईंको site मा प्रयोग

निम्नलिखित शर्तहरुको अधिनमा रही वेबसाइटको अंगको रुपमा BBCNepali.com RSS feeds प्रयोग गर्न हामी प्रोत्साहित गर्दछौं।

शर्तहरु

यद्यपि, बीबीसी समाचार सामग्रीहरु देखिंदा उचित format को प्रयोग र साभारहरु उल्लेख गरिनु आवश्यक छ।

साभार गरिंदा “बीबीसी नेपाली सेवा” वा “बीबीसी नेपाली सेवाबाट” भन्ने उल्लेख गर्नुपर्नेछ।

तपाईंले बीबीसीको कुनै पनि logo वा अन्य trademark हरु प्रयोग गर्नु हुंदैन।

आफ्नो समाचार सामग्रीको वितरण हुनदिनबाट रोक्ने अधिकार बीबीसीमा सुरक्षित छ।

थप निर्देशनका लागि कृपया हाम्रा शर्तहरु पढ्नुहोस्।

आफ्ना RSS feeds संबन्धी कुनैपनि दायित्व बीबीसी स्वीकार गर्दैन।

थप विवरणका लागि कृपया हाम्रा शर्तहरु पढ्नुहोस्।