13 अप्रिल, 2004 11:03 GMT सम्मका समाचारहरु
बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९ को जून ७ तारीखमा शुरू भएको हो।
पहिले साप्ताहिक, त्यसपछि हप्तामा तीन दिन हुदै दैनिक रुपमा नेपाली समय अनुसार बेलुकीको पौने नौ बजे हामी शर्ट वेभ र एफएमका फ्रिक्वेन्सीहरुमा देशका विभिन्न भागमा देश-विदेशका समाचार, विचार र विश्लेषणहरु लिएर उपस्थित हुने गर्दछौं।
आरम्भ र विकास
शुरु, शुरुका वर्षमा साप्ताहिक समाचार तथा घटना समीक्षाको रुपमा प्रसारित भएको यस कार्यक्रमको त्यतिबेल एकथरि निर्दिष्ट हंगकंगमा कार्यरत ब्रिटिश गोर्खाली स्रोताहरु हुन्थे।
कार्यक्रम प्रसार हुन थालेको १० वर्षसम्म पनि यसको संचालन मुख्यत: बेलयातमा अध्यनरत विद्यार्थीहरुबाट हुन्थ्यो।
तत्कालिन विद्यार्थी पूरन अग्रवाल यसका पहिला संचालक थिए।
पहिले प्रशिक्षार्थी र त्यसपछि वरिष्ठ उत्पादकका रुपमा मणि राणाले र पहिले कार्यक्रम उत्पादक र पछि नेपाली सेवाको प्रमूखका रुपमा खगेन्द्र नेपालीले नेपाली सेवामा झण्डै तीन दशकसम्म काम गरेका थिए।
१९७० को दशकको अन्तिमताकादेखि बीबीसी नेपाली सेवामा विविधताहरु थपिन शुरु भए र क्रमश: प्रसारण समय बढदै हप्तामा पांच अनि सात दिन भयो।
यस अवधिमा नेपालमा धेरै ठूल्ठूला घटनाहरु भए:
नेपालमा पहिलो जनआन्दोलनले पंचायती व्यवस्थाको ३० वर्षे शासन हटाएर बहुदलीय राजनीतिक प्रणाली ल्याईदियो।
नारायणाहिटी राजदरवारको हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भयो।
एक दशक लामो माओवादी द्वन्द्वको क्रममा १३,००० मानिसहरुको ज्यान गयो।
राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए र दोस्रो जनआन्दोलनले उनलाई सो सत्ता राजनीतिक दलहरुलाई फर्काउन वाध्य तुल्याईदियो।
यस्ता हरेक ऐतिहासिक घटनाका बेला आईपर्ने सबै चुनौतीहरुभन्दा माथि उठ्ने प्रयास गर्दै बीबीसी नेपाली सेवाले सत्य, निस्पक्ष तथा वस्तुपरक समाचार, तिनका पृष्ठमूमि र विश्लेषणहरु प्रस्तुत गरिआएको छ।
नेपाली सेवा परिवार
बीबीसी नेपाली सेवा लण्डनमा पाँचजना पूर्णकालीन र दुईजना अंशकालिन कर्मचारीहरु अनि नेपालमा १५ जना संवाददाताहरू कार्यरत छन्।
यस सेवाका प्रमूख रवीन्द्र मिश्र हुन् भने सुमन खरेल डेस्क एडिटर हुन्।
जीतेन्द्र राउत, नविनसिहं खड्का र भगिरथ योगी कार्यक्रम उत्पादकका रूपमा कार्यरत छन्।
त्यसैगरी अनुवादक तथा प्रस्तोताका रूपमा राजन काफ्ले कार्यरत छन्।
नेपालमा कार्यरत हाम्रा संवाददाताहरूमा सुशील शर्मा, शरद केसी, सुरेन्द्र फुयाँल र सञ्जय ढकाल काठमाडौंमा कार्यरत छन्।
त्यसैगरी उमाकान्त खनाल (झापा), विक्रम निरौला (विराटनगर), सीता मादेम्बा (धरान), सीता निरौला (ताप्लेजुङ), ईश्वर जोशी (नारायणगढ), नारायन कार्की (पोखरा), बशुन्धरा गौतम (दाङ), माधव नेपाल (बुटवल), बृजकुमार यादव (जनकपुर), नेत्र केसी (नेपालगञ्ज) हरिदेवी रोकाया (जुम्ला) र उमिद बागचन (महेन्द्रनगर) छन्।