मद्दत
बीबीसी विश्व सेवा विजेट के हो?
विजेटले कुनै वेबसाइटको सामग्रीलाई अर्को वेबसाइटमा प्रयोग गर्न मिल्ने बनाउंछ, अथवा त्यसालई तपाईंको डेस्कटपमा राख्न मिल्ने तुल्याउंछ। .
विश्व सेवाको विजेटले तपाईंलाई बीबीसी विश्व सेवाको ताजा समाचार, अडियो तथा भिडियो सामग्रीहरू आफ्नो ब्लग वा वेवसाइटमा राख्न दिनेछ।
मलाई बीबीसी विश्व सेवा विजेट किन चाहिएला?
विश्व सेवाको विजेटबाट तपाईं विश्वभरीको ताजा समाचार आफ्नो वेबसाइटको प्रयोगकर्ताहरूलाई उपलब्ध गराउन सक्नुहुन्छ। उपयोगी सामग्रीहरू नि:शुल्क उपलब्ध गराउने यो एउटा सजीलो उपाय हो।
बीबीसी विश्व सेवा विजेट कसरी इन्स्टल गर्ने?
तल लेखिएको कोडलाई कपी गरेर साइडबारमा पेस्ट गर्नुहोस्, अथवा तपाईंको ब्लग वा वेबसाइटको अन्य कुनै भागमा कपी पेस्ट गर्नुहोस्
विजेटका अन्य भर्शनहरू पनि छिटै आउंदैछन्। तिनको सहयोगले तपाईं विजेटलाई कम्प्युटरको डेस्कटप, WordPress ब्लग, NetVibes, iGoogle, Facebook र अन्य विभिन्न स्थानमा राख्न सक्नुहुनेछ। यो विजेट अन्य केहि भाषाहरूमा पनि उपलब्ध छ।
बीबीसी विश्व सेवाको विजेटका विशेषताहरू
ताजा समाचार
"Content" बारमा क्लिक गरेर उपलब्ध सामग्रीहरू हेर्नुहोस्। त्यो सूचीबाट प्रयोगकर्ताले आफूले चाहे अनुसारको सामग्री छान्न सक्दछन्।

बीबीसी विश्व सेवाको वेबसाइटका सामग्रीहरू खोज्ने सुविधा
तपाईंको वेबसाइटका प्रयोगकर्ताहरूले उक्त विजेटको प्रयोग गरेर बीबीसी विश्व सेवाको समाचार सामग्रीहरू खोज्न सक्नेछन्।

विजेटको सर्च बक्समा आफूले चाहेको शब्द वा वाक्यांश टाइप गर्नुहोस् र विजेटले तपाईंलाई आफूले खोजेको नतिजाहरूमा लैजान्छ।
यो विजेट राख्ने सुविधा
तपाईंको वेबसाइटका प्रयोगकर्ताहरुले तिनको आफ्नै वेबसाइट वा ब्लगका लागि पनि यो विजेट लैजान सक्नेछन्। त्यसको लागि + बटन क्लिक गर्नुपर्छ।
त्यसपछि त्यो विजेट इन्स्टल गर्नका लागि चाहिने कोड देखिनेछ।
विकल्पहरू
तपाईंको प्रयोगकर्ताहरुका लागि यि विकल्पहरू उपलब्ध छन्। यि विकल्पहरूमा गरिने परिवर्तनले, तपाईंको वेबसाइट हेर्दा विजेटले जानकारीहरू देखाउने तरिकामा फरक पर्न सक्छ।

डिफल्ट फिड सेलेक्ट गर्नुहोस्
विजेट लोड गर्दा सबभन्दा पहिले देखिने सामग्रीहरूको प्रकार छान्नुहोस्।
सारांश जानकारी लुकाउनुहोस्
प्रत्यक समाचारको सारांश नदेखाएर समाचार शिर्षक मात्र देखाउनका लागि यो बक्समा ठीक चिन्ह लगाउनुहोस्।
थम्बनेल चित्रहरू लुकाउनुहोस्
समाचार सामग्रीहरूको सूचीमा साना चित्रहरू लुकाउन यो बक्समा ठिक चिन्ह लगाउनुहोस्।
सहयोग
यो सहयोगको पेजमा जानका लागि प्रश्न चिन्ह भएको बटनमा क्लिक गर्नुहोस्।

प्रतिक्रिया र प्रश्नहरू
हामी तपाईंको विचार जान्न चाहन्छौं। कृपया आफूलाई मन परेको वा सुधार गर्नुपर्ने जस्तो लागेको विषयमा हामीलाई जानकारी दिनुहोला।
हामीलाई सम्पर्क गर्नुस्
* अनिवार्य रुपमा भर्नुपर्ने ठाउंहरू
विजेट प्रयोगका नियम तथा शर्तहरू
बीबीसीको इम्बेड गर्न मिल्ने एप्लीकेशन (बीबीसी विश्व सेवाको विजेट) इन्स्टल गरेर र बीबीसी विश्व सेवाको सामग्रीहरू प्रदर्शन गर्नका लागि त्यसको प्रयोग गरेर तपाईंले तल लेखिएका शर्तहरू स्वीकार गर्नुभएको ठानिनेछ।
1. अनुमति
1.1 बीबीसीले तपाईंलाई बीबीसी विश्व सेवाको सामग्री प्रदर्शन गर्नका लागि बीबीसी विश्व सेवाको विजेट प्रयोग गर्न अनुमति प्रदान गर्दछ।
1.2 बीबीसी विश्व सेवाको विजेट र बीबीसी विश्व सेवाको सामग्रीहरूको बौद्धिक सम्पत्ति लगायतका सबै अधिकारहरू बीबीसी कै सम्पत्ति हुनेछन्।
2. बीबीसी विश्व सेवाको विजेट र बीबीसी सामग्रीको प्रयोग
2.2 बीबीसी विश्व सेवाको विजेट व्यक्तिगत र गैर व्यापारिक प्रयोगका लागि मात्र हो।
2.3 बीबीसी विश्व सेवाको सामग्रीलाई कुनै पनि हिसाबले नक्कल गर्ने, फेरि प्रकाशित गर्ने, सम्पादन गर्ने, परिवर्तन गर्ने वा त्यसमा थप्ने कार्य गर्नु हुंदैन। साथै बीबीसी विश्व सेवाका सामग्रीलाई अन्य सामग्रीसंग मिसाउन पनि हुंदैन।
2.4 बीबीसी विश्व सेवाको विजेटको नक्कल, वितरण, अनजीप, रिभर्स इन्जीयरींग गर्ने, टुक्राउने वा अन्य तरिकाले फेरबदल गर्ने गर्न पाइनेछैन।
3. वारेन्टी र दायित्व
3.1 बीबीसी विश्व सेवाको विजेट र बीबीसी विश्व सेवाको सामग्री जे जस्तो अवस्थामा छ त्यही स्थितिमा उपलब्ध गराइएको छ। तपाईंले त्यसलाई आफ्नै इच्छा र जोखिममा डाउनलोड गर्ने र इन्स्टल गर्ने गर्नुभएको हो।
3.2 बीबीसी विश्व सेवाको विजेट र बीबीसी विश्व सेवाको सामग्रीमा हुने गलत तथ्य, गल्ती, भाइरस वा अन्य खोटहरू नहोस् भन्नाका लागि बीबीसीले आवश्यक ध्यान दिएको छ तर त्यसमा कुनै कमजोरी नै हुंदैनन् भनेर बीबीसीले वारेन्टी दिंदैन।
3.3 कानूनी दायराले भ्याएसम्म बीबीसी विश्व सेवा विजेट, बीबीसी विश्व सेवाको सामग्री वा बीबीसीको वेबसाइटका सम्बन्धमा बीबीसीले कुनै पनि प्रकारको वारेन्टी दिंदैन। बीबीसी विश्व सेवाको विजेट र बीबीसी विश्व सेवाको सामग्रीका कारण कुनै नोक्शानी वा क्षति पुगेमा बीबीसी त्यसका लागि जिम्मेवार हुनेछैन।
3.4 तपाईंको कम्प्युटरमा भाइरस सर्न नदिन सबै खाले सतर्कता अपनाउनका लागि हामी तपाईंलाई सुझाव दिन्छौं।
3.5 बीबीसीले आफ्नो तजबीजमा बीबीसी विश्व सेवाका सामग्रीहरू परिवर्तन गर्न वा हटाउन सक्छ र यी प्रयोगका शर्तहरूको उलंघन भएमा बीबीसी विश्व सेवा विजेटको प्रयोगमा रोक समेत लगाउन सक्छ।
4. साधारण
4.1 प्रयोगकर्ताले मान्नुपर्ने यी नियम तथा शर्तहरूको अर्थ इंगल्याण्डका कानून अनुसार लगाइने छ र यी नितान्तरूपमा इंगलीश अदालतहरूको अधिकार क्षेत्र मातहत हुनेछन्।

