फिलिपीन्स: आँधी अघि र पछि

12 नोभेम्बर 2013 अन्तिम पटक अपडेट गरिएको समय 23:15 NST

फिलिपीन्सको टाक्लोवन जस्ता समथर भूभागमा आँधीले पु-याएको क्षतिका तुलनात्मक तस्वीरहरु
टाक्लोवन शहर नजीकैको आनिबोङग नगर
लियेट टापूको टाक्लोवन र पूर्वी सामारा प्रान्तको गुयान जस्ता समथर क्षेत्रहरुमा आँधीले पु-याएको क्षति स्याटलाइट र एरियल तस्वीरहरुमा देखिन्छ। यो टाक्लोवन शहर नजीकैको आनिबोङग नगर हो।
 तटमा अलपत्र मालवाहक जहाजहरु
टाक्लोवन शहर नजीकैको आनिबोङग नगरको तटमा रहेका मालवाहक जहाजहरु। आँधीले त्यस क्षेत्रको समुदायलाई नैं तहसनहस पारेको थियो।
अघि र पछि: टाक्लोवन शहर
लियेट टापूको सबभन्दा ठूलो शहर टाक्लोवनमा दस हजारसम्म मानिस मारिएको अनुमान छ।
टाक्लोवनमा आफ्नो सर-सामान खोज्दै एक महिला। एपी
जीवित ब्यक्तिहरु भग्नावशेषमा आफ्नो सर-सामानको खोजी गर्दैछन।
टाक्लोवनको विमानस्थल - अघि र पछि
टाक्लोवनको विमानस्थलमा आँधीले नराम्रौ क्षति पु-याएको थियो, भवनहरु ध्वस्त भएका थिए, रुखहरु उखेलिएका थिए र मोटरहरु पल्टिएका थिए।
टाक्लोवनको विमानस्थल भित्रको दृश्य। रोयटर्स
अति आवश्यक सहायता पु-याउन अब सैनिक विमानहरु अवतरण गर्न सक्छन्।
अघि र पछि - गुयान नगर
आँधीको मार पर्ने पहिलो क्षेत्र मध्ये गुयान पनि एक थियो र त्यहाँ पनि आँधीले उत्पात मच्चायो।
लुटिएका सामानहरु
मानिसहरुले खानेकुरा र अन्य सर-सामानको खोजी गर्दै गर्दा गोदामहरु लुटिएको खबर पनि आएको छ।