परदेशीको प्रतीक्षा

  • 20 मे 2013
मतीकुमारी बिक र उनका नाति
विदेश गएको परिवारको सदस्य कहिले फर्किएलान् भनेर हजुरआमा र नाति प्रतीक्षा गरी रहेका छन्

भारतीय र बृटिश सेनामा काम गर्न र भारतका धेरै शहरहरुमा प्राय अदक्ष कामदारको रुपमा बर्षौंदेखि नेपालीहरु परदेश जाँदै आएका छन्।

हालैका बर्षहरुमा खासगरी रोजगारीकै सिलसिलामा बिश्वका करीब ८५ राष्ट्रमा नेपालीहरु पुगी रहेका छन्।

स्वदेशमा रोजगारीको अभावका कारण मानिसहरु ऋण लिएरै भए पनि आफ्ना प्रियजनहरुलाई छोड्दै सही, गलत जुनसुकै उपायबाट विदेशमा काम गर्न जान वाध्य भएका छन्।

वैदेशिक रोजगारीको तथ्यांक अनुसार नेपालबाट ८० प्रतिशत मानिसहरु काममा दक्ष नभइ हचुवाको भरमा जाने गरेका छन्।

गएको आर्थिक बर्षमा झण्डै चार लाख मानिसहरु भारत बाहेकका देशहरुमा रोजगारीका लागि गएका बताइन्छ।

यसमा साढे तीन लाख भन्दा बढी पुरुष थिए भने विदेशिने महिलाको संख्या २० हजार भन्दा बढी थियो।

वैदेशिक रोजगार ऐन २०४२ लागु भएयता करिब २८ लाखको संख्यामा मानिसहरु विदेशिएकोमा ती मध्ये करीब तीन प्रतिशत महिला छन्।

नेपाल सरकारले वैदेशिक रोजगारका लागि १०९ देशहरु खुला गरेको छ।

सबैभन्दा बढी कतार, मलेसिया,साउदी अरब अनि संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान र दक्षिण कोरियामा गएका छन्।

मजुवा गाउँ
देशको अर्थतन्त्रमा ठूलो यागदान पुगे पनि वैदेशिक रोजगारीका कारण गाउँहरु सुनसान हुँदै गएका छन्

विदेशिएकाबाट मात्रै बार्षिक करीब तीन खर्ब रुपियाँ रेमिट्यान्स देशमा भित्रिने गरेको छ।

एउटा तथ्याङक अनुसार झण्डै २० बर्ष अघिसम्म कुल जनसंख्याको ४२ प्रतिशत गरीबीको रेखामुनी रहेकोमा यो हाल घटेर करिव २५ प्रतिशतमा झरेको छ।

रेमिट्यान्सका कारण यो सम्भव भएको मानिन्छ।

यसरी निश्चय नै परदेशमा कमाएको पैसाले देशको अर्थतन्त्रलाई ठूलो टेवा पुगी रहेको छ।

तर समाज र घरपरिवारमाथि यसले के कस्तो असर पारी रहेको छ?

सुमन खरेलको संयोजनमा बीबीसी नेपाली सेवाका समाचारदाताहरुले "परदेशीको प्रतीक्षा" श्रृङखलामा यिनै बिषयहरुलाई नियाल्न खोजेका छन्।

पहिलो कार्यक्रम- वैदेशिक रोजगारीको अवस्था (हरिदेवी रोकाया)20.05.13

दोस्रो कार्यक्रम - जीवनस्तरमा आएको सुधार (बृजकुमार यादव) 27.05.13

तेस्रो कार्यक्रम - बढ्दो विसंगति र विकृति (बृजकुमार यादव) 03.06.13

चौथो कार्यक्रम- लाहुरेको प्रतीक्षा (नारायण कार्की) 10.06.13

पाचौं कार्यक्रम- पढेलेखेका युवाहरु पनि.. (उमाकान्त खनाल) -17.06.13

छैठौं कार्यक्रम- पर्खी रहेछन् बाबुआमा (विक्रम

सातौं कार्यक्रम- श्रीमतीहरुको प्रतीक्षा (सीता मादेम्बा)– 01.07.13

आठौं कार्यक्रम - श्रीमतीहरुको प्रतीक्षा (सीता मादेम्बा)– 08.07.13

नवौं कार्यक्रम- श्रीमतीसंग विछोडको पीडा (इश्वर जोशी )- 15.07.13

दशौं कार्यक्रम -- परदेशीको कोसेली एचआइभी (उमीद बागचन्द)—22.07.13

एघारौं कार्यक्रम- टुट्यो सपना (नेत्र के.सी.) – 29.07.13

बाह्रौं कार्यक्रम - समस्या र समाधान ( हरिदेवी रोकाया ) – 05.08.13