अमेरिकी निर्वाचन २०१२: चुनावी संघर्षस्थलहरु

पछिल्लोपल्ट अपडेट गरिएको: 01.10.12, 18:19 NST सम्मका समाचार

धेरैजसो राज्यहरुले कुनै खास पार्टी विशेषलाई मतदान गर्ने इतिहास रहंदै आएको छ र राष्ट्रपतिय उम्मेदवारहरु ति राज्यहरुको मतमा फेरि निर्भर हुंदैछन्। यसकारणले गर्दा केहि थोरै राज्यहरुबाट नै निर्वाचनको फैसला हुन सक्छ। र यि राज्यहरु नै निर्वाचनका निर्णायक युद्धभूमि हुन्।

राष्ट्रपतिय निर्वाचनको संचालन इलेक्टोरल कलेज, अर्थात निर्वाचक मण्डल, को आधारमा हुन्छ। प्रत्येक राज्यलाई त्यहांको जनसंख्याको आधारमा निश्चित संख्यामा मतहरु दिइएको हुन्छ। जस्को मतलव केहि राज्यहरुको महत्व अन्य राज्यहरुको दांजोमा बढी हुन्छ।

उदाहरणका लागि, क्यालिफोर्निया (जनसख्या: तीन करोड ३७ लाख) राज्यलाई ५५ मत प्राप्त छ, तर मोन्टाना (जनसख्या:दश लाख) जस्ता ग्रामीण राज्यलाई जम्मा तीन मत प्राप्त छ। एउटा राज्यमा विजय हासिल गर्ने उम्मेदवारले उक्त राज्यको इलेक्टोरल कलेजको सबै मत हासिल गर्दछ।

राष्ट्रपति निर्वाचित हुनका लागि २७० मत चाहिन्छ।

पार्टीहरुको बलियो पडक भएको स्थान थाहा पाउन यहां क्लिक गर्नुहोस्

चुनावी संघर्ष हुने क्षेत्र (१६१ भोटहरु)- यि राज्यहरुमा प्रतिस्पर्धा यति निकटको छ की कुनैपनि उम्मेदवारले जीत हासिल गर्न सक्छ। “पर्पल स्टेट” भनिने यि राज्यहरुमा नै चुनावी अभियानको धेरै समय र पैसा खर्च हुनेछ।

रिपब्लीकन गढ (१९१ भोट)- रिपब्लीकनहरुको दबदबा रहेको “रेड स्टेट” भनिने दक्षिण र मध्यपश्चिमका राज्यहरु हुन् तर यि ग्रामीण राज्यहरु हुन् जहां थोरै मात्र इलेक्टोरल मतहरु छन्।

रिपब्लीकन गढ (१९१ भोट)- रिपब्लीकनहरुको दबदबा रहेको “रेड स्टेट” भनिने दक्षिण र मध्यपश्चिमका राज्यहरु हुन् तर यि ग्रामीण राज्यहरु हुन् जहां थोरै मात्र इलेक्टोरल मतहरु छन्।

लोड हुंदैछ

कोलोराडो, नौ भोट

औसतमा समुद्री सतहबाट सबैभन्दा उच्चस्थानमा रहेको राज्य कोलोराडोमा दशहजार फिट भन्दा माथिका १००० भन्दा बढी रकी माउन्टेन चुचुराहरु छन्,

बढ्दो हिस्पानीक जनसंख्या भएका अन्य पश्चिमी राज्यहरु जस्तै, कोलोराडो हालैका बर्षहरुमा डेमोक्र्याट तर्फ ढल्कंदै गैरहेको छ, जो पहिले बलियो रुपमा रिपब्लीकन राज्यका रुपमा चिनिन्थ्यो। लगातार तीन पटकसम्म रिपब्लीकन राष्ट्रपतिय उम्मेदवारहरु जितेका यो राज्यमा सन् २००८ मा बाराक ओबामाले डेमोक्र्याटहरुका तर्फबाट विजय हासिल गरेका थिए।

तर उक्त राज्य डेमोक्र्याटहरुका लागि सुरक्षित राज्य भने होइन, किनकी सन् २०१० मा संसदको दुई स्थान त्यहांबाट रिपब्लीकनहरुले जीतेका थिए। त्यो साल तेस्रो पार्टीका उम्मेदवारहरुले प्रस्तुत गरेका चुनौतीका कारण मात्र तिनीहरुले सिनेट र राज्यको गभर्नरको स्थान जित्न पाएनन्। डेमोक्र्याटीक मतदाता डेनभर र बोल्डर शहरहरुमा केन्द्रीत छन् भने रिपब्लीकनहरुले ग्रामीण काउन्टीहरुलाई हातमा लिएका छन्। धार्मिक र सामाजीक पुरातनवादीहरुको गढ रहेको कोलोराडो स्प्रींगस् क्षेत्रमा पनि तिनीहरुको दबदबा छ। तिब्र विकास भैरहेको डेनभरको उपनगरिय क्षेत्र एउटा महत्वपूर्ण संघर्षस्थल हुनेछ।

जनसंख्या तथ्यांक

  • 70.0%गोरा
  • 3.8%काला
  • 20.7%स्पानिक
  • 5.4%अन्य

अर्थव्यवस्था

  • $56,344 औसत बार्षिक आम्दानी
  • 11.2% गरिबी दर
  • 8.20% बेरोजगारी दर

पछिल्लो पटकको प्रतिस्पर्धा कति निकटको थियो?

  • 8.4%
    २००० मा रिपब्लीकनको जीत
  • 4.7%
    २००४ मा रिपब्लीकनको जीत
  • 8.9%
    २००८ मा डेमोक्र्याटको जीत
previous next
राज्यको नाउंमा क्लिक गर्नुहोस् प्रोफाइल हेर्नका लागि

चुनावी संघर्षस्थल

यि राज्यहरुमा प्रतिस्पर्धा चर्को हुनाले कुनै पनि उम्मेदवार विजयी हुन सक्छन् यि राज्यहरुमा निर्वाचनको परिणाम निर्धारण हुन सक्छ।

पछाडी

कोलोराडो, नौ भोट

औसतमा समुद्री सतहबाट सबैभन्दा उच्चस्थानमा रहेको राज्य कोलोराडोमा दशहजार फिट भन्दा माथिका १००० भन्दा बढी रकी माउन्टेन चुचुराहरु छन्,

बढ्दो हिस्पानीक जनसंख्या भएका अन्य पश्चिमी राज्यहरु जस्तै, कोलोराडो हालैका बर्षहरुमा डेमोक्र्याट तर्फ ढल्कंदै गैरहेको छ, जो पहिले बलियो रुपमा रिपब्लीकन राज्यका रुपमा चिनिन्थ्यो। लगातार तीन पटकसम्म रिपब्लीकन राष्ट्रपतिय उम्मेदवारहरु जितेका यो राज्यमा सन् २००८ मा बाराक ओबामाले डेमोक्र्याटहरुका तर्फबाट विजय हासिल गरेका थिए।

तर उक्त राज्य डेमोक्र्याटहरुका लागि सुरक्षित राज्य भने होइन, किनकी सन् २०१० मा संसदको दुई स्थान त्यहांबाट रिपब्लीकनहरुले जीतेका थिए। त्यो साल तेस्रो पार्टीका उम्मेदवारहरुले प्रस्तुत गरेका चुनौतीका कारण मात्र तिनीहरुले सिनेट र राज्यको गभर्नरको स्थान जित्न पाएनन्। डेमोक्र्याटीक मतदाता डेनभर र बोल्डर शहरहरुमा केन्द्रीत छन् भने रिपब्लीकनहरुले ग्रामीण काउन्टीहरुलाई हातमा लिएका छन्। धार्मिक र सामाजीक पुरातनवादीहरुको गढ रहेको कोलोराडो स्प्रींगस् क्षेत्रमा पनि तिनीहरुको दबदबा छ। तिब्र विकास भैरहेको डेनभरको उपनगरिय क्षेत्र एउटा महत्वपूर्ण संघर्षस्थल हुनेछ।

जनसंख्या तथ्यांक

  • 70.0%गोरा
  • 3.8%काला
  • 20.7%स्पानिक
  • 5.4%अन्य

अर्थव्यवस्था

  • $56,344 औसत बार्षिक आम्दानी
  • 11.2% गरिबी दर
  • 8.20% बेरोजगारी दर

पछिल्लो पटकको प्रतिस्पर्धा कति निकटको थियो?

  • 8.4%
    २००० मा रिपब्लीकनको जीत
  • 4.7%
    २००४ मा रिपब्लीकनको जीत
  • 8.9%
    २००८ मा डेमोक्र्याटको जीत

फ्लोरिडा, २९ भोट

सनशाइन स्टेटको नामले पनि चिनिने फ्लोरिडा त्यहांको समुद्री तट र डिज्नी वर्ल्ड जस्ता पर्यटकीय आकर्षणका कारण प्रख्यात छ।

मत परिणाम प्रभावित पार्न सक्ने, स्वींग स्टेटका रुपमा रहेको फ्लोरिडाले सन् १९९६ देखि राष्ट्रपतिय निर्वाचनको विजयीका पक्षमा मतदान गर्दै आएको छ। सन् २००० मा जोर्ज डब्ल्यू बुश र एल गोरबीचको प्रतिस्पर्धा यति नजीकको थियो त्यहां पुन: मतगणना गर्नुपर्ने माग उठेको थियो जस्लाई सर्वोच्च अदालतले विवादास्पद रुपमा रोक‌िदिनु परेको थियो

उक्त राज्य जनसंख्याको तथ्यांकले हेर्दा मिश्रित प्रकृतिको छ: गोरा प्रोटेस्टन्ट उत्तरमा छन्, क्युबाली अमेरिकीहरु दक्षिणमा, तिनीहरु केहि रिपब्लीकनहरु तर्फ ढल्केका छन्, मायमी र टाम्पामा रहेका शहरी मतदाताहरु, पाम बीचमा रहेका अवकासप्राप्त यहुदीहरु र गैरक्युबाली हिस्पानीकहरुको झुकाव डेमोक्र्याटहरु तर्फ छ। हिस्पानीक मतदाताहरुका लागि आप्रवासको विषय प्रमुख मुद्दा हो र इजरेल तथा स्वास्थ्य सेवा अवकाशप्राप्तहरुका लागि। तैपनि अर्थव्यवस्था प्राय: सबै मतदाताहरुका लागि महत्वको विषय हुनेछ त्यो पनि यस्तो राज्यमा जहां घरजग्गा व्यवसायमा देखिएको मन्दीको चर्को मार परेको थियो।

जनसंख्या तथ्यांक

  • 57.9%गोरा
  • 15.2%काला
  • 22.5%स्पानिक
  • 4.3%अन्य

अर्थव्यवस्था

  • $47,051 औसत बार्षिक आम्दानी
  • 13.1% गरिबी दर
  • 8.8% बेरोजगारी दर

पछिल्लो पटकको प्रतिस्पर्धा कति निकटको थियो?

  • 0.0%
    २००० मा रिपब्लीकनको जीत
  • 5.0%
    २००४ मा रिपब्लीकनको जीत
  • 2.8%
    २००८ मा डेमोक्र्याटको जीत

आयोवा, छ भोट

आयोवा राज्यको नाम आयोवे जातिको नाममा राखिएको हो, जो अमेरिकी इण्डीयन जनजाती हुन्। र उक्त राज्यलाई हक आइ राज्य पनि भनिन्छ। त्यो त्यहांका जनजातिका नेता चिफ ब्ल्याक हक प्रतिको सम्मान पनि हो।

राष्ट्रपतिय चयन प्रकृयामा पहिलो ककस हुने स्थानका रुपमा परिचित आयोवा राज्य सन् २००० र २००४ मा डेमोक्र्याट र रिपब्लीकनहरुबीच सानो अन्तरले ढुलमुल भएको थियो। तर सन् २००८ मा बाराक ओबामालाई भने त्यहांबाट बलियो बहुमत प्राप्त भएको थियो।

मकै खेती हुने राज्यको पश्चिममा रहेको खुला कृषि क्षेत्र रिपब्लीकनहरुको पक्षमा जस्तो देखिन्छ भने राजधानी शहर, कलेज नगरका रुपमा परिचीत आयोवा सिटि लगायतका मध्य तथा पूर्वमा रहेका शहरी क्षेत्र डेमोक्र्याटहरुका लागि मैत्रीपूर्ण क्षेत्रहरु हुन्।

जनसंख्या तथ्यांक

  • 88.7%गोरा
  • 2.9%काला
  • 5.0%स्पानिक
  • 3.5%अन्य

अर्थव्यवस्था

  • $48,457 औसत बार्षिक आम्दानी
  • 12.4% गरिबी दर
  • 5.4% बेरोजगारी दर

पछिल्लो पटकको प्रतिस्पर्धा कति निकटको थियो?

  • 0.3%
    २००० मा डेमोक्र्याट जीत
  • 0.7%
    २००४ मा रिपब्लीकनको जीत
  • 9.5%
    २००८ मा डेमोक्र्याटको जीत

मिशिगन, १६ भोट

ग्रेट लेक राज्यका रुपमा परिचित मिशिगन राज्य, डेट्रोइट शहर वरपर केन्द्रीत अमेरिकी अटोमोबाईल उद्योगको मुख्य थलो हो।

सन् १९९२ देखिको प्रत्येक राष्ट्रपतिय निर्वाचनमा मिशिगन डेमोक्र्याटहरुको पक्षमा रहेको थियो। सन् २००० र २००४ मा जोर्ज डब्ल्यू बुश यहां सानो मत अन्तरले पराजय भोगका थिए। र रिपब्लीकनहरुको यहां राज्यब्यापी विजयको इतिहास छ।

मिशिगन राज्य कुनै बेला देशको उत्पादन उद्योगको केन्द्र थियो तर सन् १९८० को दशकमा ठूला यन्त्रहरुको उत्पादनमा ह्रास आएर देखिएको चरम बेरोजगारीबाट ग्रसित छ। मिशिगनको सबभन्दा ठूलो मुद्दा भनेको अर्थतन्त्र नै हो। सन् २००९ मा तरलताको सम्भावना भोग्नु परेका तीन ठूला कार उत्पादकहरु मध्ये दुई वटालाई सरकारी ऋण उपलब्ध गराउने राष्ट्रपति ओबामाको निर्णय पनि चर्चामा छ, जुन कदमलाई सरकारी हस्तक्षेप भनी थुप्रै रिपब्लीकनहरुले विरोध गरेका थिए। डेमोक्र्याटहरुका अनुसार त्यस्तो ऋणले ति कम्पनीहरुलाई जोगाएको र हजारौं रोजगारीहरु सुरक्षित रहेको थियो।

जनसंख्या तथ्यांक

  • 76.6%गोरा
  • 14.0%काला
  • 4.4%स्पानिक
  • 4.9%अन्य

अर्थव्यवस्था

  • $47,461 औसत बार्षिक आम्दानी
  • 14.1% गरिबी दर
  • 9.4% बेरोजगारी दर

पछिल्लो पटकको प्रतिस्पर्धा कति निकटको थियो?

  • 5.1%
    २००० मा डेमोक्र्याट जीत
  • 3.4%
    २००४ मा डेमोक्र्याट जीत
  • 16.5%
    २००८ मा डेमोक्र्याटको जीत

मिनेसोटा, १० भोट

उत्तरको तारा , मिनेसोटा राज्यको प्रतिक हो, जुन राज्य स्वीडिश र नर्वेली वासिन्दाहरुको पूरानो र बलियो उपस्थितीका कारण स्क्यान्डीनेभीयाली अमेरिकी संस्कृतिको केन्द्रको रुपमा रहेको छ।

सन् १९७२ देखि नै मिनेसोटाले डेमोक्र्याटिक राष्ट्रपतिय उम्मेदवारलाई लगातार मतदान गर्दै आएको छ। सन् १९८४ मा अन्य सबै राज्यहरुले रोनाल्ड रेगनलाई मत दिएका बेलामा समेत मिनेसोटाले उनलाई मत दिएको थिएन्। तर सन् २००० र २००४ मा जोर्ज डब्ल्यू बुशले झिनो मत अन्तरले मात्र त्यहां पराजय बेहोरेका थिए। सन् २००६ मा गभर्नरको पद हासिल गरेर र सन् २०१० मा दशहजार मतको अन्तरभित्र परेर रिपब्लीकनहरुले राज्यव्यापी निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्।

देशको बांकी भागमा जस्तै रोजगारी र अर्थव्यवस्था नै मिनेसोटामा पनि मूख्य राजनीतिक एजेण्डा बन्ने सम्भावना छ, विशेष गरी मिनियापोलिस, सेन्ट पल र डुलुथ जस्ता औद्योगिक शहरहरुमा। तर मिनेसोटाले प्राय: बांकी संयुक्त राज्य अमेरिका भन्दा भिन्न राजनीतिक बाटो लिने गरेको छ र यहां तेस्रो पार्टीका उम्मेदवारहरु नियमित रुपमा सफल देखिएका छन्।

जनसंख्या तथ्यांक

  • 83.1%गोरा
  • 5.1%काला
  • 4.7%स्पानिक
  • 6.9%अन्य

अर्थव्यवस्था

  • $56,704 औसत बार्षिक आम्दानी
  • 10.6% गरिबी दर
  • 5.9% बेरोजगारी दर

पछिल्लो पटकको प्रतिस्पर्धा कति निकटको थियो?

  • 2.4%
    २००० मा डेमोक्र्याट जीत
  • 3.5%
    २००४ मा डेमोक्र्याट जीत
  • 10.2%
    २००८ मा डेमोक्र्याटको जीत

नेभाडा, छ भोट

चांदी खानी का ठूला उद्योगहरु भएकाले सिल्भर स्टेटका रुपमा परिचित नेभाडा राज्य लास भेगास शहरका कारण प्रख्यात छ।

सन् १९८० पछिको प्रत्येक निर्वाचनमा नेभाडाले विजेता राष्ट्रपतिय उम्मेदवारलाई मत दिंदै आएको छ। सन् २००८ मा यहां बाराक ओबामाले सहज अन्तरले विजय हासिल गरेका थिए। र डेमोक्र्याटहरु सन् २०१२ मा पनि उनले त्यही स्थिती दोहोर्याउन सक्ने आश गरिरहेका छन्। उक्त राज्यमा ठूलो र बढ्दो हिस्पानीक जनसंख्या रहेको छ यहांका थुप्रै बासिन्दाका लागि आप्रवास एउटा महत्वपूर्ण मुद्दाका रुपमा रहेको छ।

सन् २००८ को आर्थिक संकटले नेभाडालाई नराम्ररी प्रभावित गरेको थियो। सन् २०१० मा बेरोजगारी दर १५ प्रतिशत पुगेको थियो त्यसैले निर्वाचनमा यहां पनि अर्थतन्त्रको अवस्थाले खास चर्चा पाउने छ। लास भेगास र रेनो शहरहरुमा डेमोक्र्याटहरुको पकड रहेको छ भने भेगासको उपनगरीय क्षेत्र र राज्यका अन्य भागमा रिपब्लीकनहरु बढी लोकप्रीय छन्।

जनसंख्या तथ्यांक

  • 54.1%गोरा
  • 7.7%काला
  • 26.5%स्पानिक
  • 11.5%अन्य

अर्थव्यवस्था

  • $55,322 औसत बार्षिक आम्दानी
  • 9.4% गरिबी दर
  • 12.1% बेरोजगारी दर

पछिल्लो पटकको प्रतिस्पर्धा कति निकटको थियो?

  • 3.5%
    २००० मा रिपब्लीकनको जीत
  • 2.6%
    २००४ मा रिपब्लीकनको जीत
  • 12.5%
    २००८ मा डेमोक्र्याटको जीत

न्यू ह्याम्पश, चार भोट

ग्रेनाइट राज्य पनि भनिने यो राज्यमा थुप्रै ढुंगा खानीहरु छन् र प्रशिद्ध ओल्ड म्यान अफ द माउन्टेन भनिने ढूंगे बनोटलाई अझै पनि राज्यको प्रतिकका रुपमा लिइन्छ, जुन सन् २००३ मा नै भत्कीएको थियो।

न्यू ह्याम्पश एउटा उदारवादी राज्य हो जहां केहि बर्ष यता रिपब्लीकनहरुलाई मतदान गर्ने प्रवृति देखिएको छ। बाराक ओबामाले न्यू ह्याम्पशमा बलियो बहुमतका साथ विजय हासिल गरेको भएता पनि सन् २००० मा यहां जोर्ज डब्ल्यू बुशले जीतेका थिए। सन् २०१० को मध्यावधि निर्वाचनमा रिपब्लीकनहरुले सिनेटको एउटा स्थान र दुवै संसदीय क्षेत्रहरु कब्जामा लिएका थिए। जीओपीको उम्मेदवार मिट रोम्नीलाई छिमेकी राज्य म्यासाचुसेट्सको गभर्नर भएका नाताले यो राज्य फेरि रिपब्लीकनहरुका लागि जीत्न सहयोग मिल्न सक्छ।

यो राज्य आफू कहां हुने देशको पहिलो प्राइमरीका लागि गर्व गर्छ र यहांका मतदाताहरु स्थानीय आयोजनाहरुमा राष्ट्रपतिय उम्मेदवारहरुलाई प्रत्यक्ष चयन गर्न रुचाउंछन्। यहां संधै नै स्वतन्त्र र सरकार विरोधी धारणा रहने गरेको छ र यहांको न्यून राज्य करको व्यवस्थाका कारण थुप्रे सफल व्यवसायहरु यहां आकर्षित भएका छन्।

जनसंख्या तथ्यांक

  • 92.3%गोरा
  • 1.0%काला
  • 2.8%स्पानिक
  • 3.7%अन्य

अर्थव्यवस्था

  • $62,629 औसत बार्षिक आम्दानी
  • 8.7% गरिबी दर
  • 5.7% बेरोजगारी दर

पछिल्लो पटकको प्रतिस्पर्धा कति निकटको थियो?

  • 1.3%
    २००० मा रिपब्लीकनको जीत
  • 1.4%
    २००४ मा डेमोक्र्याट जीत
  • 9.6%
    २००८ मा डेमोक्र्याटको जीत

न्यू मेक्सिको, पांच भोट

सूर्यका लागि आदीवासी अमेरिकीहरुको चिन्ह, जीया यो राज्यको झण्डामा रहेको छ। र न्यू मेक्सिकोमा संयुक्त राज्य अमेरिकामा आदीवासी अमेरिकीहरुको दोस्रो ठूलो जनसंख्याको प्रतिशत रहेको छ।

सन् २००० र २००४ मा न्यू मेक्सिकोमा निकट प्रतिस्पर्धाको नतिजा देखिएको थियो। सन् २००० मा एल गोरले ३६६ मतले विजय हासिल गरेका थिए भने सन् २००४ मा राष्ट्रपति बुशले ६००० भन्दा कम मतले जीतेका थिए। र बाराक ओबामाले सन् २००८ मा १५ प्रतिशत अन्तरको बहुमत पाएका थिए। सन् २०१० मा रिपब्लीकनहरुले गभर्नर पदमा जीते पनि मत सर्वेक्षणहरुले सन् २०१२ मा डेमोक्र्याटहरुको प्रदर्शन राम्रो हुने देखाएका छन्।

यो राज्य भौगोलीक दृष्टिले पनि राजनीतिक रुपमा विभाजीत छ। डेमाक्र्याटहरु बढी शहरीकृत उत्तर र रिपब्लीकनहरु टेक्सससंग सिमा जोडिएको दक्षिण पूर्वमा बलिया छन्। न्यू मेक्सिकोको ठूलो ल्याटिनो जनसंख्या सन् २००८ मा बाराक ओबामाको पछाडी लागेको थियो। तर उनले आप्रवास सम्बन्धि सुधारहरु गर्ने वाचा पूरा गर्न नसके पनि ल्याटिनो मूलधारसंग रिपब्लीकनहरुको आप्रवास सम्बन्धि धारणा मेल खांदैन।

जनसंख्या तथ्यांक

  • 40.5%गोरा
  • 1.7%काला
  • 46.3%स्पानिक
  • 11.3%अन्य

अर्थव्यवस्था

  • $42,737 औसत बार्षिक आम्दानी
  • 16.2% गरिबी दर
  • 6.5% बेरोजगारी दर

पछिल्लो पटकको प्रतिस्पर्धा कति निकटको थियो?

  • 0.1%
    २००० मा डेमोक्र्याट जीत
  • 0.8%
    २००४ मा रिपब्लीकनको जीत
  • 15.1%
    २००८ मा डेमोक्र्याटको जीत

नर्थ क्यारोलाइना, १५ भोट

नर्थ क्यारोलाइना राइट दाजुभाईले सन् १९०३ मा किटी हकमा पहिलो विमान उडान परिक्षण गरेका स्थान हो।

नर्थ क्यारोलाइना थुप्रै बर्षसम्म रिपब्लीकनहरुको बलियो आधारका रुपमा रहेको थियो तर सन् २००८ मा बाराक ओबामाले यो राज्य झिनो बहुमतका साथ डेमोक्र्याटहरुका लागि जीतेका थिए। उनको सफलतालाई उक्त राज्यले हालैका बर्षहरुमा जनसंख्याको प्रकृतिमा देखिएको परिवर्तनसंग पनि जोड्न सकिन्छ।

नर्थ क्यारोलाइना दक्षिणमा रहेको सबैभन्दा समृद्ध र तिब्र गतिमा विकास भैरहेको राज्य मध्येको एक हो। विशेषगरी नर्थ क्यारोलाइनाको मुटुमा अवस्थित र्याली र डरम केन्द्रीत अनुसन्धान त्रिकोण भनिने क्षेत्रमा कलेज शिक्षित कामदारहरुको ओइरो लागेको छ। राज्यमा ठूलो मात्रामा बढ्दो हिस्पानीक जनसंख्या र त्यहां पहिले देखि नै विद्यमान काला जनसंख्याले डेमोक्र्याटहरुका लागि ठूलो र फस्टाउंदो निर्वाचन क्षेत्र खडा गरिदिएको छ।

जनसंख्या तथ्यांक

  • 65.3%गोरा
  • 21.2%काला
  • 8.4%स्पानिक
  • 5.0%अन्य

अर्थव्यवस्था

  • $45,131 औसत बार्षिक आम्दानी
  • 15.1% गरिबी दर
  • 9.7% बेरोजगारी दर

पछिल्लो पटकको प्रतिस्पर्धा कति निकटको थियो?

  • 12.8%
    २००० मा रिपब्लीकनको जीत
  • 12.4%
    २००४ मा रिपब्लीकनको जीत
  • 0.3%
    २००८ मा डेमोक्र्याटको जीत

ओहायो, १८ भोट

सातजना भूतपूर्व राष्ट्रपतिहरु दिएको ओहायोलाई राष्ट्रपतिहरुको आधुनिक माता पनि भन्ने गरिन्छ तर यो राज्यको सबैभन्दा प्रख्यात सपुत भनेका टमस एडिसन हुन् जस्ले विजुलीको चिमको आवीस्कार गरेका थिए।

सन् १९६० देखि नै ओहायोले पराजीत हुने राष्ट्रपतिय उम्मेदवारलाई समर्थन गर्न परेको छैन, त्यसैले सन् २०१२ मा पनि बाराक ओबामाले यहां आफूले हासिल गरेको सानो बहुमतलाई कायम राख्न सक्छन् की सक्दैनन् भनी धेरैको आंखा यहि राज्यमाथि रहने छ। रिपब्लीकनहरुले चाहिं सन् २०१० मा आफूहरुले जीतेका सिनेट र गभर्नरको निर्वाचनको सफलता राष्ट्रपतिय निर्वाचक मण्डलको मतमा थप्न सकिने आशा राख्‍नेछन्।

आफ्ना छिमेकी राज्यहरु मिशिगन र पेन्सिल्भेनिया जस्तै ओहायो पनि अमेरिकाको कुनै बेला महान र अहिले खस्केको औद्योगिक केन्द्रमा पर्दछ। यो राज्य अझै पनि विश्व प्रसिद्ध कम्पनीहरु प्रोक्टर एण्ड ग्याम्बल र फायरस्टोन टायर्सको मुख्यालय हो। सन् २००७-०९ को आर्थिक मन्दी ओहायोका लागि त्यति उदार भएन, त्यसैले मतदानको दिन राज्यको अर्थतन्त्र यहांका मतदाताहरुको दिमागमा प्राथमिकताको विषयका रुपमा रहने छ।

जनसंख्या तथ्यांक

  • 81.1%गोरा
  • 12.0%काला
  • 3.1%स्पानिक
  • 3.7%अन्य

अर्थव्यवस्था

  • $46,838 औसत बार्षिक आम्दानी
  • 14.5% गरिबी दर
  • 7.2% बेरोजगारी दर

पछिल्लो पटकको प्रतिस्पर्धा कति निकटको थियो?

  • 3.5%
    २००० मा रिपब्लीकनको जीत
  • 2.1%
    २००४ मा रिपब्लीकनको जीत
  • 4.6%
    २००८ मा डेमोक्र्याटको जीत

पेन्सिल्भेनिया, २० भोट

स्वतन्त्रताको घोषणा पत्रमा हस्ताक्षर भएको स्थान र लिबर्टी बेल भनिने घण्टी रहेको ठाउं पेन्सिल्भेनियालाई किस्टोन राज्य पनि भनिन्छ।

पेन्सिल्भेनियाले सन् १९९२ देखिको हरेक निर्वाचनमा डेमोक्र्याटहरुलाई समर्थन गरेको भएपनि सन् २००० र २००४ को दौड निकट प्रतिस्पर्धाका रुपमा रहेको थियो। सन् २०१० मा राज्यको गभर्नर र सिनेटको निर्वाचनमा भएको विजयपछि रिपब्लीकनहरु पेन्सिल्भेनियालाई फेरि प्रतिस्पर्धी बनाउने आशामा छन्।

डेमोक्र्याटीक राजनीतिक परामर्शदाता जेम्स कारभीलले पेन्सिल्भेनियालाई " बिचमा आलाबामा रहेको फिलाडेल्फिया र पिट्सबर्ग" भनेर बयान गरेका थिए। जस्ले उक्त राज्यका राजनीतिक भूगोललाई सटीक रुपमा प्रस्तुत गर्दछ। पूर्व र पश्चिममा रहेका औद्योगिक शहरहरुमा डेमोक्र्याटहरु हावी छन् भने राज्यको ग्रामिण मुटुमा रिपब्लीकनहरुको प्रदर्शन राम्रो छ। तर गत केहि बर्षको आर्थिक संकटले राज्यको सबै भागमा प्रभाव पारेको छ त्यसैले यो मुद्दा नै नोभेम्बरको निर्वाचनमा सबैको चासोको विषय बन्नेछ।

जनसंख्या तथ्यांक

  • 79.5%गोरा
  • 10.4%काला
  • 5.7%स्पानिक
  • 4.2%अन्य

अर्थव्यवस्था

  • $50,028 औसत बार्षिक आम्दानी
  • 13.2% गरिबी दर
  • 8.1% बेरोजगारी दर

पछिल्लो पटकको प्रतिस्पर्धा कति निकटको थियो?

  • 4.2%
    २००० मा डेमोक्र्याट जीत
  • 2.5%
    २००४ मा डेमोक्र्याट जीत
  • 10.3%
    २००८ मा डेमोक्र्याटको जीत

भर्जीनिया, १३ भोट

टमस जेफर्सन लगायत पहिलेका थुप्रै राष्ट्रपतिहरुको घर भएका कारण भर्जीनिया राज्य राष्ट्रपतिहरुकी आमा भनेर कहिलेकांही चिनिन्छ।

दक्षिणका धेरै जसो राज्यमा जस्तै भर्जीनिया पनि गृहयुद्धको अन्त्य देखि १९६० को दशकको अन्त्यसम्म बलियो रुपमा डेमोक्र्याटीक रहेको थियो। त्यसपछि डेमोक्र्याटहरुले नागरिक अधिकारमा गरेका सुधारबाट असन्तुष्ट भएर त्यो रिपब्लीकनहरुको बलियो गढ बन्न पुग्यो।

तर वाशिंगटन डिसी बाहिरको उपनगरिय क्षेत्रमा भएको हालैको जनसंख्या बृद्धि र हिस्पानीक आप्रवासीहरुको बढ्दो संख्याले यहां डेमोक्र्याटहरुलाई सहयोग पुगेको छ। राज्यमा ऐतिहासिक रुपमा रहेका ठूलो काला जनसंख्या संगसंगै हालैका यि परिवर्तनहरुले भर्जीनियालाई, नतिजामा प्रभावित तुल्याउन सक्ने "स्वींग स्टेट" बनाइदिएको छ। सन् २००८ मा बाराक ओबामाले यहां मध्यम खालको बहुमत पाएका थिए। र राज्यका दुवै सिनेटरहरु अहिले डेमोक्र्याटहरु नै छन्। तर सन् २००९ को अन्त्यतिर रिपब्लीकनहरुले गभर्नर पद हत्याएका थिए र नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनको दौडमा आफूहरु प्रतिस्पर्धी बनिरहन सक्ने अपेक्षा तिनीहरुको छ।

जनसंख्या तथ्यांक

  • 64.8%गोरा
  • 19.0%काला
  • 7.9%स्पानिक
  • 8.2%अन्य

अर्थव्यवस्था

  • $60,539 औसत बार्षिक आम्दानी
  • 10.4% गरिबी दर
  • 5.9% बेरोजगारी दर

पछिल्लो पटकको प्रतिस्पर्धा कति निकटको थियो?

  • 8.0%
    २००० मा रिपब्लीकनको जीत
  • 8.2%
    २००४ मा रिपब्लीकनको जीत
  • 6.3%
    २००८ मा डेमोक्र्याटको जीत

विस्कनसिन, १० भोट

विस्कनसिनलाई त्यहां पाइने मुसा जस्तो एकप्रकारको जन्तु ब्याजरका नाममा पनि चिनिन्छ।

सन् १९८८ देखि प्रत्येक राष्ट्रपतिय निर्वाचनमा डेमोक्र्याटहरुले विस्कनसिनमा जित्दै आएका छन्। तर सन्२००० र २००४ मा रिपब्लीकनहरु एकदम झिनो अन्तरले मात्र पराजीत भएका थिए भने सन् २०१० मा तिनीहरुले गभर्नर र सिनेटको एउटा स्थानमा विजय हासिल गरेका थिए। त्यसैले यो राज्य प्राय: प्रतिस्पर्धात्मक रहंदै आएको छ।

बाराक ओबामाले सन् २००८ मा आफूले हासिल गरेको उलेख्य बहुमतलाई कायमै राख्‍ने आशा राख्‍नेछन् र त्यसमा उनलाई उक्त राज्यको बलियो मजदुर संगठनको अभियानले सघाउ पुर्याउने छ। युनियनहरुले नयां रिपब्लीकन गभर्नर स्कट वाकरको कामदारहरुको संयुक्त मोलमोलाईको अधिकारलाई सिमित तुल्याउने विवादास्पद कदमको विरोधको नेतृत्व गरिरहेका छन्। गभर्नरको प्रस्ताव पछि आम विरोध प्रदर्शनहरु भएका थिए र स्कट वाकरको पदका लागि पुन: निर्वाचन गराउने प्रयास सफल पनि भएको थियो।

जनसंख्या तथ्यांक

  • 83.3%गोरा
  • 6.2%काला
  • 5.9%स्पानिक
  • 4.6%अन्य

अर्थव्यवस्था

  • $51,257 औसत बार्षिक आम्दानी
  • 11,5% गरिबी दर
  • 7.5% बेरोजगारी दर

पछिल्लो पटकको प्रतिस्पर्धा कति निकटको थियो?

  • 0.2%
    २००० मा डेमोक्र्याट जीत
  • 0.4%
    २००४ मा डेमोक्र्याट जीत
  • 13.9%
    २००८ मा डेमोक्र्याटको जीत

*नेब्रास्का र मेन बाहेक, जहां कंग्रेसनल क्षेत्र र राज्यव्यापी मतदानका विजयीहरुको आधारमा मत विभाजन हुने गर्दछ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।