म सक्छु

बिक्रम बहादुर राना र मैंया विशुंखे

बिक्रम र मैंयाले लण्डन प्यारालिम्पिकमा भाग लिए

नेपालको कूल जनसंख्याको करीब दस प्रतिशत अर्थात ३० लाख जति मानिसहरु कुनै न कुनै प्रकारको अपाङ्गताबाट प्रभावित छन्।

कहिं जान वा केही गर्न यिनीहरु मध्ये धेरैले अरु मानिसको सहायता लिनु पर्ने हुन्छ।

पश्चिमी देशहरुमा यस्ता फरक क्षमता भएका मानिसहरुका लागि सरकारले अनेक सुविधा र सहयोग उपलब्ध गराउने गरे पनि नेपालमा त्यस्तो सहयोग प्राय न्यून रहने गरेको छ।

अपाङ्गता भएकाहरुका लागि सहयोग गर्न भनेर देश भरी एक हजार भन्दा बढी संस्थाहरु दर्ता भएका छन्।

मुख्यतया दाताहरुको सहयोगमा संचालित यस्ता संस्थाहरु सहयोग बन्द भए पछि स्वत बन्द हुने गर्छन्।

अगष्ट २९ तारिखदेखि लण्डनमा फरक क्षमता भएका मानिसहरुको खेलकुद प्यारालिम्पिक शुरु भएको छ।

लण्डन २०१२ अहिलेसम्मकै सबभन्दा बृहत प्यारालिम्पिक खेलकुद हो जसमा नेपाल लगायत १६५ राष्ट्रका झण्डै ४,२०० खेलाडीहरुले भाग लिएका छन्।

स्वस्थ मानिसहरु जस्तै फरक क्षमता भएका मानिसहरु पनि खेलकुदमा भाग लिन सक्छन्।

उनीहरु पढ्न सक्छन्, पढाउन सक्छन्, नाच्न सक्छन्, गाउन सक्छन् र सबैको सहयोग र साथ पाएमा सपाङ्गहरुले जति नैं आ-आफ्नो क्षेत्रमा योगदान पु-याउन सक्छन्।

सेप्टेम्बर दुई तारिखदेखि हरेक सोमबार प्रसारण हुने बीबीसी नेपाली सेवाको नयाँ कार्यक्रम श्रृङखला “म सक्छु” मा प्रस्तोता सुमन खरेलले यिनै कुरामाथि प्रकाश पार्न खोजेका छन्।

कार्यक्रम सुन्न तलको लिंकमा क्लिक गर्नुहोस्।

क्लिक गर्नुहोस् पहिलो कार्यक्रम-03.09.12

क्लिक गर्नुहोस् प्यारालिम्पिक खेलाडी बिक्रम बहादुर राना र मैंया विशुंखे-10.0912

क्लिक गर्नुहोस् कलाकार ईश्वर अमात्य, उत्सव नेपाल, कमला श्रेष्ठ र सृजना दाहाल-17.09.12

क्लिक गर्नुहोस् समाजसेवी तृप्ता थापा र सानुमान ताम्राकार-24.09.12

क्लिक गर्नुहोस् अपाङगता भएका केटाकेटी र तिनका अभिभावकहरु-01.10.12

क्लिक गर्नुहोस् (अन्तिम कार्यक्रम) दृष्टीविहीनसित ज्योत्सना भाष्करको माया-08.10.12

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।