
परमजीत कौर चंडीगढमा बाउंसरको काम गर्छिन्
हिजो धेरै जसो घरकै कामकाजमा सीमित दक्षिण एसियाका महिलाहरु आजभोलि सबै जसो पेशा र व्यवसायमा संलग्न रहेको पाइन्छ।
महिलाहरुको भूमिकामा परिवर्तन आई रहेको छ।
केही बर्ष अघिसम्म अरुहरुको लुगा सिएर जीवन चलाउने नेपालकी सभासद कृष्ण कुमारी परियार अहिले देशलाई नयां संविधान दिने कार्यमा जुटेकी छिन्।
भारतमा पंजाबको एउटा सानो नगर मोरिंडाकी परमजीत कौर चंडीगढको एक नाइट क्लबमा बाउंसरको काम गर्छिन्।
बाङ्लादेशकी मेजर नास्रा अफ्रोजलाई पुरुष सैनिकहरुलाई कमान्ड गर्न कुनै अप्ठेरो लाग्दैन।
श्रीलंकाको युद्धले सुबाको जीवनमा आंधीबेरी ल्याइ दियो। तर उनले हरेस खाइनन्।अहिले उनी जमीन मुनि बिछ्याइएका बिस्फोटक पदार्थहरु हटाउने काममा संलग्न छिन्।
बर्मामा एक जना प्रसिद्ध अभिनेताकी श्रीमती स्वे जी क्वात परिवारमा मृत्यु भएकाहरुको अन्त्येष्ठी गर्न पैसा नहुनेहरुका लागी अन्त्येष्ठी सेवा प्रदान गर्ने दातृ संस्था चलाएर बसेकी छिन्।
महिलाहरुको यस्तै बदलिंदो भूमिका माथि यो श्रृङखलामा प्रकाश पार्न खोजिएको छ।
कार्यक्रम सुन्न तलको लिंकमा क्लिक गर्नुहोस्।
क्लिक गर्नुहोस् नेपालकी कृष्णकुमारी परियार
क्लिक गर्नुहोस् भारतकी परमजीत कौर
क्लिक गर्नुहोस् बाङ्लादेशकी नास्रा अफ्रोज

