बुश हाउसको संझना

पछिल्लोपल्ट अपडेट गरिएको: 20.02.12, 19:49 NST सम्मका समाचार
 बुश हाउस

लण्डन भ्रमणमा आउने धेरैका लागि बुश हाउस एउटा आकर्षणको केन्द्र रही आएको छ

७० बर्ष भन्दा बढी समय पछि बीबीसी बिश्व सेवाको प्रसारण लण्डनको मध्य भागस्थित बुश हाउसबाट सर्दैछ।

अब बिश्व सेवा, लण्डनकै अर्को मध्य भाग W1 मा नवनिर्मित प्रसारण केन्द्रमा सर्नेछ र अन्त्यत बीबीसीका सबै समाचार सेवाहरु त्यहां सरेर पहिलो पटक एकै ठाउंबाट काम गर्नेछन्।

बीबीसी नेपाली सेवाको प्रसारण पनि सन् १९६९ को जून ७ तारीख बुश हाउसबाटै शुरू भएको थियो।

त्यस यता हरेक ऐतिहासिक घटनाका बेला आइ पर्ने सबै चुनौतीहरु भन्दा माथि उठ्ने प्रयास गर्दै बीबीसी नेपाली सेवाले तथ्यपूर्ण र वस्तुपरक समाचारका साथसाथै तिनको पृष्ठभूमी र गहन बिश्लेशणहरु प्रस्तुत गर्दै आएको छ।

बीबीसी बिश्व सेवाको ८०औं बर्षगांठ र बुश हाउसलाई बिदाई स्वरुप फागुन १७ गते(फेब्रुअरी २९ तारीख) बुधबार बुश हाउसको खुल्ला चोकबाट बिशेष कार्यक्रमहरु प्रसारण भए।

समाचार कक्षका संपादकहरु त्यस दिनको एजेन्डा र समाचार संकलन कसरी गर्ने भनि छलफल गरी रहेको संपादकीय बैठककै लाइभ प्रसारण गरियो।

बिभिन्न भाषा सेवाले संधै प्रसारण गर्ने स्टुडियोको सट्टा त्यस दिन खुल्ला चोकबाट प्रसारण गरे र बिभिन्न भाषामा ती कार्यक्रमका भिडियोहरु bbc.co.uk/worldservice मा राखिएको छ।

Newshour र World Have Your Say जस्ता चर्चित कार्यक्रमहरुले श्रोताहरुको सहयोगमा बिश्व सेवाका भविष्यका प्राथमिकताहरु र अन्तर्राष्ट्रिय प्रसारण बारे बिचार गरे।

बीबीसी नेपाली सेवाले पनि त्यस दिन एक बिशेष “बुश हाउसको संझना”कार्यक्रम प्रस्तुत गरेको थियो।

प्रस्तोता सुमन खरेलले लण्डनबाट लाइभ प्रस्तुत गरेको सो कार्यक्रममा सन् १९६९ मा नेपाली सेवाका प्रथम प्रस्तोता पूरन अग्रवाल र झण्डै तीन दशक नेपाली सेवासंग आबद्ध खगेन्द्र नेपाली पनि सहभागी थिए

साथै बुश हाउसबाट नेपाली प्रसारणको झण्डै ४३ बर्षमा यससंग आबद्ध पुराना प्रस्तोताहरुको अनुभव र संझनाको संगालो पनि त्यस कार्यक्रममा प्रसारण गरियो।

कार्यक्रम सुन्न तलको लिंक क्लिक गर्नुहोस्

क्लिक गर्नुहोस् बुश हाउसको संझना बिशेष कार्यक्रम-29.02.12

अक्षर लिंक

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।