|
विदेशी भूमिका
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बीबीसी नेपाली सेवाले “नेपालको शान्ति प्रकृयामा विदेशी भूमिका” शिर्षकको नयाँ श्रृङ्खला शुरू गरेको छ।
नविनसिंह खड्काले तयार पारेको यस कार्यक्रममा शान्ति प्रकृयामा विदेशीहरूको भूमिका कस्तो रहेको छ भन्नेबारेमा चर्चा गरिएको छ। नेपाली राजनीतिमा विदेशी शक्तिहरूको भूमिका निकै अघिदेखि विवादस्पद विषय एवं संवेदनशील रहँदै आएको छ। हालैको शान्ति प्रकृयामा विदेशी भूमिकाको चर्चा झनै बढेको छ। दिल्लीमा भएको दलहरू तथा माओवादीबीचको १२ बुँदे सम्झौताले बल पु-याएको मानिसहरूको त्यस्तो सोचलाई विदेशी शक्तिहरूको पछिल्ला भनाइहरू तथा ती देशहरूका अधिकारीहरूको बढ्दो नेपाल भ्रमणले पनि थप आधार दिएको देखिएको छ। त्यसैले यस कार्यक्रममा नेपालभित्रका विभिन्न पक्षहरूको अतिरिक्त नेपालको राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने देशहरुका राजनीतिज्ञ, अधिकारीहरू तथा विश्लेषकहरूको भनाइ पनि समावेश गरिएको छ। विदेशी शक्तिहरू नेपालको शान्ति प्रकृयायालाई बनाउन वा बिगार्न भूमिका खेलिरहेका छन् भन्ने विषयको साथै ती शक्तिहरूहरू बीचको समन्वय तथा प्रतिस्पर्धालाई पनि समावेश गरिएको छ। मोटामोटी रूपमा १२ बुँदे सम्झौता हुँदै संसद पुनर्स्थापना तथा संविधानसभाको चुनावतर्फको राजनीतिक यात्रालाई यो श्रृङ्खलामा समेटिएको छ।
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||