|
द्वन्द्वको दशक | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
द्वन्द्वको दशक २०५२ साल फागुन १ गते नेपालमा माओवादी विद्रोहीहरूले जनयुद्धको शुरूवात गरे यता, देश इतिहासको एउटा अप्ठेरो कालखण्डसित जुधिरहेको छ। एउटै टेबलमा शक्ति र जीम्मेवारीको बांडफांड हुन सकिरहेको छैन। द्वन्द्वको यो दशकमा कसैको मिठो जीत नभए पनि धेरै नेपालीहरूको तीतो हार भैरहेको छ। राजसंस्था, राजनैतिक दलहरू र माओवादी विद्रोही एउटा त्रिकोणात्मक द्वन्द्वमा अल्झिएका छन् र त्यसको चपेटामा परेका छन् लाखौं नेपालीहरू। बीबीसी नेपाली सेवाका सुमन खरेलले तयार पारेका, "द्वन्द्वको दशक" कार्यक्रम श्रृंखलामा देशमा विद्यमान यो अवस्था र त्यसबाट व्यक्ति, समाज र राष्ट्रमै पर्न गएको असरमाथि प्रकाश पार्न खोजीएको छ। र देश निर्माणमा अहिले अति नै आवश्यक बन्न पुगेको एउटा पवित्र प्रयासको खांचोलाई औंल्याउन खोजीएको छ। द्वन्द्वको दशक - बाह्रौं कार्यक्रम नेपाल राष्ट्रको सतह जति नैं खल्बलिए पनि विश्लेशकहरु भन्छन् यस्को जग अति नैं बलियो छ। यो द्वन्द्वलाई धान्न सक्ने समाज बन्दुक शान्त भयो र राजनैतिक स्थिरता हासिल भयो भने कति माथि उठ्ला? द्वन्दको दशकको अन्तिम कार्यक्रममा शान्तिको कामना गर्दछौं। द्वन्द्वको दशक - एघारौं कार्यक्रम नेपालको बिग्रंदो राजनैतिक वास्तविकता माझ नेपालीहरुले देश भित्र सृजना हुन पुगेको जटिल अवस्थाका कारण भोग्नु परेको दुखकष्ट द्वन्दको दशकको एघारौं कार्यक्रममा प्रस्तुत गरीएको छ।मेची देखि महाकाली सम्मका मानिसहरुको आवाजलाई नेपाल आमाको पुकारसंगै जोड्न खोजिएको छ। द्वन्द्वको दशक - दशौं कार्यक्रम नेपालको माओवादी विद्रोहमा बेलाबखत भारतको नाम चर्चामा आउने गर्छ। द्वन्दको दशकको दशौं कार्यक्रममा भारत प्रति माओवादीहरुको दृष्टिकोण र नेपालको माओवादी समस्या प्रति भारतको धारणा माथि प्रकाश पार्न खोजिएको छ। द्वन्द्वको दशक - नवौं कार्यक्रम नेपालमा द्वन्दकै क्रममा हरेक दिन एक जना भन्दा बढी बेपत्ता हुने गरेको कुरा एक अध्ययनमा जनाइएको छ। द्वन्दको दशकको नवौं कार्यक्रम बेपत्ता भएकाहरुका आफन्तजनले भोग्नु परी रहेको मानसिक पीडा माथि केन्द्रीत रहेको छ। द्वन्द्वको दशक - आठौं कार्यक्रम नेपालमा द्वन्दबाट बिस्थापित मानिसहरु देश भित्रै बिर्सिएका नागरीक बन्न पुगेका छन्। भारत र अन्य मुलुकहरुमा भौंतारिन बाध्य भएका छन्। आठौं कार्यक्रममा तिनै बिस्थापित मानिसहरुको कथा ब्यथालाई समेट्ने प्रयास गरिएको छ। द्वन्द्वको दशक - सातौं कार्यक्रम गत दश बर्षमा नेपाली जनताले भोग्नु परेका पीर मर्का पनि दश गुणा बढ्न पुगेको छ। संधै जसो हुने बन्द र नाकाबन्दीले मानिसहरु आफ्नै देशभित्र स्वतन्त्र रुपमा एक स्थानबाट अर्को स्थानमा हिंडडुल गर्न समेत नसक्ने अवस्था विद्यमान रहेको कुरामाथी यो कार्यक्रममा प्रकाश पार्न खोजिएको छ। द्वन्द्वको दशक - छैठौं कार्यक्रम नेपालमा विगत एक दशकमा मानव अधिकारको अवस्था तल्लो विन्दूमा पुगेको कुराप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै चिन्ता व्यक्त गरिंदैछ। मानिसको बांच्न पाउने अधिकार नै कुण्ठित हुन पुगेको छ। यो कार्यक्रममा मानव अधिकारको अवस्थामाथि प्रकाश पार्न खोजीएको छ। द्वन्द्वको दशक - पांचौं कार्यक्रम सिंगो नेपाल राष्ट्रमा शाहवंशीय राजतन्त्रले २ सय ३५ बर्षको शासन पर गर्दै गर्दा राजसंस्था अहिले ईतिहासकै एउटा कठिन मोडमा आईपुगेको छ। सक्रिय राजतन्त्र, संवैधानिक राजतन्त्र वा गणतन्त्र? देश कुन बाटोमा अघि बढ्दैछ? द्वन्दको दशक श्रृङ्खलाको पांचौं कार्यक्रम। द्वन्द्वको दशक -चौथो कार्यक्रम नेपालमा जारी द्वन्दमा प्रत्यक हप्ता सरदर २३ जनाको ज्यान गैरहेको छ। माओवादी विद्रोहीहरूलाई सरकार आतंककारी भन्ने गर्दछ - उनीहरू आफूलाई प्रगतिशील शक्ति भन्छन्। "द्वन्दको दशक" श्रृंखलाको चौथो कार्यक्रम यही विषयमाथि केन्द्रित रहेको छ। द्वन्द्वको दशक - तेस्रो कार्यक्रम बहुदलिय प्रजातन्त्रको पुनस्थापना पछि राजनैतिक दलहरुबाट सर्बसाधारणले निक्कै आशा र अपेक्षा राखेका थिए। जनताको त्यो चाहना पुरा भयो त ? द्वन्दको दशक श्रृंखलाको तेस्रो कार्यक्रम यही प्रश्न माथी केन्द्रित रहेको छ। द्वन्द्वको दशक - दोस्रो कार्यक्रम नेपालको माटोमा कोइलीसंगै गाउंदै रमाउंदै हिंडनु पर्ने उमेरका केही बालिकाहरू अहिले वारूद र बन्दुकको भाषा वोल्न थालेका छन्। उनीहरू शोषण र उत्पीडनका कारण यो अवस्थामा आइपरेको बताउंछन्। र " द्वन्द्वको दशक" को दोस्रो कार्यक्रम त्यस्तै एक वालिकामाथि केन्द्रित रहेको छ। द्वन्द्वको दशक - पहिलो कार्यक्रम २०४६ सालमा बहुदलीय प्रजातान्त्रीक व्यवस्थाको पुनर्स्थापना भएपछि २०६१ सालको अन्त्यतिर आइपुग्दा नेपालको राजनीतिले अनेकौं मोडहरू लिइसकेको छ। यो पहिलो कार्यक्रममा ती वर्षहरूमा भएका प्रमूख राजनैतिक घटनाहरूलाई समेट्न खोजीएको छ। | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||